back
CTIZAN AD

स्वास्थ्य बीमाप्रति आकर्षित

वि.सं.२०७५ फागुन २९ बुधवार

678 

shares

२९ फागुन, वालिङ । स्याङ्जा जिल्लामा भर्खरै शुरु भएको स्वास्थ्य बीमाप्रति सर्वसाधारण आकर्षित भएका छन् । स्वास्थ्य बीमा कार्यक्रममार्फत योगदानमा आधारित स्वास्थ्य जोखिमको अग्रिम व्यवस्थापन हुनुका साथै बिरामी हुँदा आर्थिक सुरक्षा प्राप्त हुने भएकाले पनि स्याङ्जामा शुरु भएको स्वास्थ्य बीमाप्रति सर्वसाधारण आकर्षित भएका हुन् ।

स्वास्थ्य बीमा कार्यालयले जिल्लाका ९७ वटै वडाका दर्ता सहयोगीलाई तालीम तथा आवश्यक दर्ता सहयोगी सामग्री प्रदान गरेर वडा–वडामा सदस्यता बनाउन पठाएको कार्यालयका दर्ता अधिकारी ध्रुव हमालले बताए । “दर्ता सहयोगीलाई तालीम दिएर जिल्लाका ९७ वटै वडामा खटाएका छाँै भने जनप्रतिनिधिलाई पनि अभिमुखीकरण गोष्ठी सञ्चालन ग¥यौँ”, दर्ता अधिकारी हमालले भन्नुभयो, “पहिलो पटक जिल्लामा शुरु भएको स्वास्थ्य बीमा कार्यक्रममा आबद्धता जनाउन धेरै घर परिवारले तीव्र इच्छा प्रकट गर्नुभएकाले पनि स्वास्थ्य बीमाप्रति नागरिक उत्साहित छन् ।”

अहिले जिल्लाका ११ वटै पालिकाका ९७ वडामा दर्ता सहयोगी मार्फत स्वास्थ्य बीमा गराउनका लागि फाराम भर्ने कार्य जारी रहेको र चैतभित्र दर्ता भएकाले २०७६ जेठबाट स्वास्थ्य बीमाबापतको सेवा लिन पाउने छन् । बीमितलाई पहिलो बिन्दुका रुपमा जिल्ला अस्पताल स्याङ्जा, चापाकोट अस्पतालसहित ग्रहौं घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्र, मालुङ्गा स्वास्थ्य केन्द्र र पञ्चमूल स्वास्थ्य केन्द्र गरी तीन वटा स्वास्थ्य केन्द्रको व्यवस्था गरिएको छ । त्यहाँ उपचार हुन नसकेमा रिफरल प्रणालीमार्फत दोस्रो बिन्दुका रुपमा लुम्बिनी मेडिकल कलेज पाल्पा, गण्डकी मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा रहेको दर्ता अधिकारी हमालले बताए ।

आफ्नो वडाभित्रका सर्वसाधारण स्वास्थ्य बीमा गर्न पाउँदा निकै खुशी भएका स्याङ्जाको गल्याङ नगरपालिका–११ मा दर्ता सहयोगीका रुपमा कार्यरत सीता अधिकारीले बताउनुभयो । दर्ता सहयोगी अधिकारीका अनुसार स्वास्थ्य बीमामा दर्ता गर्न घर घरमा जाने क्रममा वडाका नागरिक स्वास्थ्य बीमाप्रति निकै आकर्षित भएकोे छन् ।

“हाम्रो वडामा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुने देखिएको छ”, दर्ता सहयोगी अधिकारीले भने, “यहाँबाट नजिकै पाल्पा जिल्ला पर्ने र त्यहाँ पहिलेदेखि नै स्वास्थ्य बीमा कार्यक्रम लागू भएकाले पनि त्यहाँबाट बुझेर पनि बीमा गराउनेको आकर्षण बढेको हो ।”

केही दिन अघिदेखि दर्ता कार्य थालनी गरेको यो अभियानमा दर्ता सहयोगी अधिकारीले २८ घर परिवारको स्वास्थ्य बीमा गराई सक्नुभएको छ । त्यस्तै यता वालिङ नगरपालिका–८ की स्वास्थ्य बीमा दर्ता सहयोगी शान्ता अर्यालले पनि ११ घर परिवारलाई स्वास्थ्य बीमामा आबद्ध बताएका छन् ।

स्वास्थ्य बीमाका बारेमा धेरैले बुझ्नु भएको छ र बुझेका एकदमै उत्सुकताका साथ लाग्नुभएको छ तर केहीले यसका बारेमा नबुझेकै कारण पनि बुझाउन लाग्दा अलिकति ढिलाइ भएको अनुभव दर्ता सहयोगी अर्यालको छ ।

स्वास्थ्य बीमा गर्न पाँच जनाको सदस्य भएको परिवारले फारम भर्दा वार्षिक रु दुई हजार ५०० प्रिमियम तिर्नुपर्दछ भने पाँच जनाभन्दा धेरै परिवारका सदस्य भएमा प्रतिसदस्य रु ४५० का दरले थप गर्दै जानुपर्दछ । पहिलो पटक बीमा गरेको समय एक वर्षको हुने भएकाले नवीकरण गर्दा पहिला जति प्रिमियम ति¥यो सोही रकम अर्को वर्ष पनि तिर्नुपर्दछ ।

राष्ट्रिय स्वास्थ्य बीमा नीति, २०७१ ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने मुख्य उद्देश्य रहेको छ ।

वि.सं.२०७५ फागुन २९ बुधवार १५:०७ मा प्रकाशित

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक...