back
CTIZAN AD

उत्तर कोरियाका बारेमा दक्षिण कोरिया र अमेरिबीच फेरि भेटवार्ता

वि.सं.२०७५ फागुन २९ बुधवार

669 

shares

२९ फागुन, सियोल ।  दक्षिण कोरियाका एकजना उच्च अधिकारी उत्तर कोरियाका बारेमा “कार्य समूह”को बैठकका लागि बुधबार संयुक्तराज्य अमेरिका प्रस्थान गरेका थिए ।

कोरियाली विदेश मन्त्रालयका कोरिया शान्ति कार्यसम्बन्धी महानिर्देशक रिही दोङ–योलले उत्तर कोरियाका लागि अमेरिकी उपसहायक मन्त्री अलेक्स वोङसँग वासिङ्टन डिसीमा बिहीबार भेटवार्ता गर्नेछन् ।

उक्त भेटवार्तामा दुबै मुलुकका उत्तर कोरिया मामिलासँग सम्बन्धित अधिकारी पनि सहभागी हुँदैछन् । गत महिनाको अन्त्यमा सम्पन्न हनोई वार्ता विफल भएपछि उत्तर कोरिया मामिलामा दक्षिण कोरिया र अमेरिकाका अधिकारीबीच पहिलो प्रत्यक्ष भेटवार्ता हुन लागेको हो ।

बैठकको मुख्य कार्यसूची उत्तर कोरियाको आणविक निःशस्त्रीकरण प्रक्रियालाई कसरी पुनर्जीवित तुल्याउने भन्ने रहेको छ । साथै उत्तर कोरियामाथि रहेका प्रतिबन्धमा केही राहत दिने दक्षिण कोरियाको प्रस्तावमाथि पनि विचार विमर्श हुँदैछ । बैठकमा कोरियाली युद्धबाट अलग्गिएका उत्तर र दक्षिण कोरियाका परिवारबीच भिडियोमार्फत कुराकानी गराउने कार्यक्रममाथि पनि छलफल हुनेछ ।

बैठकमा अन्तर–कोरियाली आर्थिक सहयोगका कार्यक्रम अघि बढाउने, उत्तर कोरियास्थित काइसोङ औद्योगिक क्षेत्र पुनःसञ्चालन गर्ने तथा माउन्ट कुमगाङ पर्यटन कार्यक्रम सञ्चालन गर्ने बारेमा छलफल गर्ने योजना छ ।

बैठकमा वासिङ्टन र प्योङयाङबीच आणविक वार्ता भङ्ग भएका बारेमा छलफल नहुने सम्भावना छ ।

भियतनामको हनोइमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ–अनले योङबीन आणविक केन्द्र बन्द गर्ने तर त्यस बापत आफ्नो देशमाथिका प्रतिबन्ध फुकुवा गर्नुपर्ने भनी राख्नुभएको प्रस्तावलाई अस्वीकृत गरेका छन् ।
दक्षिण कोरियाले राष्ट्रसङ्घको अगुवाईमा उत्तरमाथि लागेका प्रतिबन्धलाई सम्मान गरी उत्तर कोरियालाई सीमित आर्थिक सहयोग गर्नेमा जोड दिँदै आएको छ ।

एउटा नयाँ प्रतिवेदनअनुसार, प्रतिबन्धको अनुगमन गरिरहेका राष्ट्रसङ्घका विज्ञको एक प्यानलले उत्तर कोरियाको बामपन्थी सरकारले गैरकानुनी विधिमार्फत विश्वका कतिपय वित्तीय फर्मसँग पहुँच कायमै राखेको बताएका छन् । साथै, पेट्रोलियम पदार्थ र कोइलाको अबैध व्यापार यथावत छ ।

संयुक्तराज्य अमेरिकाले राष्ट्रसङ्घ सुरक्षा परिषदका प्रतिबन्धलाई सबै देशले पूर्णपालना गर्नुपर्ने बताउँदै आएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले प्योङयाङ र वासिङ्टनबीच मध्यस्थता गराउन पं्रयत्नरत छन् ।

वि.सं.२०७५ फागुन २९ बुधवार १७:१० मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...