back
CTIZAN AD

सुडानी राष्ट्रपति विरुद्ध प्रदर्शन जारी, निकास निस्कने छाँट छैन

वि.सं.२०७५ फागुन ३० बिहीवार

768 

shares

३० फागुन, कायरो ।सुडानका राष्ट्रपति ओमार अल–बासिरको राजीनामा माग गर्दै विगत तीन महिनादेखि जारी विरोध प्रदर्शनलाई अझ सशक्त बनाउने बताएका छन् । तर राष्ट्रपति बासिरले देशको शक्तिशाली सेनासँग सम्बन्ध सुदृढ बनाउनुका साथै विपक्षीका मागलाई स्वीकार्न नसकिने बताएका छन् ।

तीन दशकदेखि गृहयुद्ध र प्रतिबन्ध सामना गरेको सुडानको सर्वोच्च नेतृत्वमा तीन दशकदेखि नै राष्ट्रपति बासिर सत्तामा छन् । उनकै शासनकालमा तेलको धनी मानिएको दक्षिण सुडान सन् २०११ मा टुक्रिएको थियो भने डार्फर द्वन्द्वमा संलग्न रहेको आरोपमा उहाँमाथि जाति हत्या एवं युद्ध अपराधका निम्ति अन्तर्राष्ट्रिय वारेन्ट जारी भएको छ ।

डिसेम्बर यता उनी विरुद्ध तीन दशकमै सबैभन्दा ठूलो विरोध प्रदर्शन भइरहेको छ । अरु राजनीतिक दलहरु र युनियनहरुले राष्ट्रपतिले राजीनामा दिनुपर्ने माग गरिरहेका छन् ।

सुरक्षाफौजको बाक्लो उपस्थितिको पर्वाह नगरी सडकमा भेला भएर दिनहुँजसो प्रदर्शन भइरहेका छन् । सबैभन्दा ठुल्ठुला प्रदर्शन राजधानी खार्तुम र त्यस नजिकैको सहर ओम्डुरम्यानमा भइरहेका छन् । अरु सानातिना प्रदर्शन देशका अन्य भागमा समेत जारी छन् ।

स्वतन्त्र व्यावसायिक युनियनको छाता समूहले पनि अल–बासिरले राजीनामा दिनुपर्ने र नयाँ अन्तरिम सरकार गठन हुनुपर्ने माग गर्दै सडक प्रदर्शनमा सहभागी भइरहको छ । युनियनले नयाँ सरकारले निर्वाचनको तयारी गर्नुपर्ने जिकिर गरिरहेको छ ।

समूहकी प्रवक्ता सराह अब्देल–जलीलले सुडानी जनताका आकाँक्षा पूरा गर्न वर्तमान शासनसत्ता पूर्ण रुपमा प्रतिस्थापन हुनुको विकल्प नभएको बताइन् ।

“अब यो सत्तासँग मोलमोलाई गर्नु नै छैन । इतिहासले वर्तमान शासनसत्तासँगको वार्ता उपलब्धिमूलक हुँदैन भन्ने देखाइसकेको छ,” उनले भनिन् । “हामी हाम्रो शान्तिपूर्ण प्रतिरोधलाई निरन्तरता दिन्छौं ।”

राष्ट्रपति अल–बासिरले राष्ट्रिय संवादका लागि आह्वान गर्नुको साटो सामान्य छुट दिन सकिने बताउँदै आएका छन् । उनले अर्को वर्ष हुने चुनावमा नयाँ कार्यकालका लागि फेरि योग्य बनाउने गरी संविधान संशोधनको प्रस्ताव अघि सारेका हुन् । विपक्षीहरु राष्ट्रपतिको त्यस कदमको विरोधमा छन् ।

राष्ट्रपतिले सेनामा आफ्नो पकड बलियो बनाउन सबै प्रान्तका गभर्नरहरु हटाएर वरिष्ट सैनिक अधिकृतहरुलाई नियुक्त गरेका छन् । उनले आपतकालीन स्थितिको घोषणा गर्नुका साथै अवैधानिक भनिएका सबै भेला वा सभाहरुमा प्रतिबन्ध लगाउने तथा प्रदर्शनलाई निस्तेज बनाउन स्वविवेकीय पूर्ण अधिकार सुरक्षा फौजलाई दिएका छन् ।

अल–बासिरले गत महिना सरकार पनि बिघटन गरेका थिए । उनले मनोनयन गरेका नयाँ प्रधानमन्त्रीले बुधबार नयाँ मन्त्रिपरिषद घोषणा गर्नुभएको छ । रक्षा र विदेश मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयंले आफू मातहत राखेका छन् ।

अल–बासिरले नेसनल कङ्ग्रेस पार्टीको नेतृत्व त्यागेका छन् तर उनले पार्टी नेतृत्व कट्टरपन्थी इस्लामी नेता अहमद हारुनलाई सुम्पनु भएको छ । अहमद हारुन पनि सन् २००० को डार्फर द्वन्द्वसँग मुछिएका कारण अन्तर्राष्ट्रिय फौजदारी अदालतको सर्वाधिक खोजीको सूचीमा छन् ।

अल–बासिर सेनाको समर्थनमा सन् १९८९ मा सुडानको सत्तामा पुगेका हुन् । ।

अल–बासिर सत्तामा रहेदेखि नै अन्तर्राष्ट्रिय जगतबाट अलग्गिनु भएको छ । पश्चिमा मुलुकहरुले प्रदर्शन हुन थालेका शुरुआती दिनहरुमा चासो व्यक्त गरेका थिए, तर त्यसयता उनीहरु प्रायः चुपचाप छन् ।

अरब मुलुकहरु सामान्यतया तटस्थ देखिएका छन् र उनीहरुको आँखामा अल–बासिर त्यति भरोसायोग्य व्यक्ति होइनन् ।

नेता अल–बासिरले पछिल्ला वर्षहरुमा भने अरब मुलुकहरुसँग सम्बन्ध बढाउन चाहेका छन् । उनले साउदी–कतारी द्वन्द्वमा कुनै एक मुलुकप्रति पूर्ण समर्थन जनाएका छैनन् । छिमेकी मुलुक इजिप्टसँगको सम्बन्ध पनि दुई मुलुकबीचको लामो समयदेखिको सीमा विवादका कारण प्रगाढ हुनसकेको छैन ।

वि.सं.२०७५ फागुन ३० बिहीवार १७:१७ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...