१ चैत,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दु राष्ट्र कायम गराई छाड्ने घोषणा गरेका छन् ।
शुक्रबार राजधानीमा आाियजत मेची– महाकाली राष्ट्रिय स्वाभिमान यात्रा समापन समारोहमा उनले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले, षडयन्त्रपूर्वक नेपालमा धर्म निरपेक्ष राज्य कायम गरिएको तथा राष्ट्रिय एकताको रुमा रहेको राजतन्त्रलाई सडकबाट फालिएको प्रति आक्रोश व्यक्त गरेका थिए । 
सभालाई सम्बोधन गर्दै उनले भने, ‘ पाकाहरुको भनाई छ, काठमाडौं अलि चिसो ठाउँ छ, यहाँ तात्न समय लाग्छ, त्यसैले तताउन आएका हौ र हिन्दू राष्ट्र कायम गरिछाड्छौं ।’

कार्यक्रममा राप्रपाका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा राप्रपाका नेताहरु दिपक बोहोरा, बुद्धिमान तामाङ तथा राजेन्द्र लिङदेनले पनि सम्बोधन गरेका थिए । 
नेताहरुले सरकारले सिके राउतसँग सम्झौता गरेको र नेत्र विक्रम चन्दको नेकपालाई प्रतिबन्ध लगाइएकोमा पनि रोष प्रकट गरेका थिए ।
उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।
वि.सं.२०७५ चैत १ शुक्रवार १९:०१ मा प्रकाशित






























