२ चैत्र, काठमाडौँ । संघीय तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प. तृतीय श्रेणी शाखा अधिकृत पदका कर्मचारीहरुको पदस्थापन गरिएका कर्मचारीको नाम सार्वजनिक गरेको छ ।
कर्मचारी समायोजन ऐन, २०७५ बमोजिमको संघमा समायोजन भएका १९१ शाखा अधिकृतको नाम सार्वजनिक गरिएको हो । उनीहरुलाई मन्त्रालयबाट मिति २०७४/११/३० को निर्णय अनुसार निजामती सेवा ऐन, २०४९ अनुसार भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय वा अन्तर्गतमा पदस्थापना गरिएको जनाइएको छ ।
वि.सं.२०७५ चैत २ शनिवार १५:०२ मा प्रकाशित






























