
३ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जाने भएका छन् । । अध्यक्ष दाहाल, उनका स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली आज साँझ ५ बजे इतिहाद एयरवेज मार्फत अमेरिका प्रस्थान गर्ने बताइएको छ ।
अमेरिकाको जोन हकिङ्स् अस्पतालमा सीता दाहालको Progressive Supranuclear Palsy (PSP) रोगको उपचार गरिने बताइएको छ ।
वि.सं.२०७५ चैत ३ आइतवार ११:०८ मा प्रकाशित






























