एनआरएनए फ्रान्सद्धारा नेपाली पाठशाला सञ्चालन (भिडियोसहित)
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फ्रान्सले नेपाली बालबालिकाका लागि ‘नेपाली पाठशाला’ सुरु गरेको छ ।
संघले फ्रान्समा नै जन्मेर वा नेपालमा जन्मनासाथ फ्रान्स लगिएका एनआरएनएका दोस्रो पुस्ताका बालबालिकाहरुलाई नेपाली भाषा पढ्न र लेख्न सिकाउने उद्धेश्यसहित सुरु गरिएको एनआरएनए फ्रान्सका अध्यक्ष एकेन्द्र मल्लले संसारन्युजलाई बताएका छन् ।
नेपालीहरुको बाक्लो बस्तिरहेको लाकोर्नभ सहरमा स्थापना गरिएको उक्त पाठशाला मार्च ३ आइतबार एक विशेष कार्यक्रम गरेर उद्घाटन गरिएको हो ।
एनआरएनएका पूर्वउपाध्यक्ष तथा सल्लाहकार हरि सापकोटाले बालबालिकालाई नेपाली भाषा पढाउँदै आएका छन् भने आइतबारदेखि प्रत्येक शनिबार १० :३० देखि १२ बजेसम्म नेपाली भाषा कक्षा संचालन गरिने पनि अध्यक्ष मल्लले बताए ।
पेरिसमा रहनुहुने सम्पूर्ण नेपालीले आफ्ना बालबालिकालाई नेपाली भाषा सिकाउनका लागि यस अवसरको फाइदा लिन पनि अध्यक्ष मल्लले अनुरोध गरेका छन् ।