back
CTIZAN AD

१ रुपैयाँमा होलीको टिसर्ट !

वि.सं.२०७५ चैत ५ मंगलवार

633 

shares

५ चैत, काठमाडौ । मोबाइल एप रिचार्जरले होलीको अवसर पारेर १ रुपैयाँमा टिसर्ट उपलब्ध गराउने भएको छ । ब्रान्ड प्रवद्र्धनका साथै होली खेल्नेहरुलाई लक्षित गर्दै होलीको थिमयुक्त टिसर्ट १ रुपैयाँमा उपलब्ध गराउने अफर रिचार्जरले ल्याएको हो ।

रिचार्जरका अनुसार बुधबार र बिहीबारको होलीका लागि उपभोक्ताले सोमबार दिउँसो १ बजेदेखि ३ बजेसम्म रिचार्जरको मोबाइल एपबाट टिर्सट खरीद गर्नुपर्ने हुन्छ । यसरी १ रुपैयाँमा टिसर्ट खरिद गर्नका लागि रिचार्जरमा रहेको आफ्नो खाताबाट २ सय क्यास व्याकको प्रयोग गर्नपर्ने हुन्छ । अर्थात २ सय क्यास व्याकसहित १ रुपैयाँ भुक्तान गरेर टिसर्ट किन्न सकिने जनाएको छ ।

गुगलले तथा एप्पलको एप स्टोरमा रिचार्जर डाउनलोड गरी एकाउन्ट खोले पछि प्रगोगकर्ताले तत्कालै १ सय क्यास व्याक पाउने छन् । रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्यो त्यति नै क्यास व्याक पाइनेछ । क्यास व्याकलाई रिचार्जरबाट सामान खरिद गर्दा डिस्काउन्ट भौचरका रुपमा प्रयोग गर्न सकिने पनि जनाएको छ । मंगलबारको कारोबार दैनिकबाट ।

वि.सं.२०७५ चैत ५ मंगलवार ०९:५४ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको...

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका...

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार...