
५ चैत, काठमाडौं । नेपाल फ्लोरिकल्चर एसोसियसनले २२ औं पुष्पमेला आयोजना गर्ने भएको छ ।
एसोशियसनद्धारा सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बताइए अनुसार चैत्र ८ गतेदेखि १० गते सम्म आयोजना हुनेछ । महासचिव विश्वमणि पोखरेलका अनुसार ५० हजार बढि अवलोकनकर्ता र ६० लाख भन्दा बढिको व्यवसाय हुने अपेक्षा गरिएको छ ।
मेलामा मौसमी फूल, आलंकारिक बोटविरुवा, कम्पोष्ट मल, औजार, उपकरण तथा आधुनिक प्रविधि सम्बन्धी विक्रि कक्ष रहने संघका अध्यक्ष कुमार कसजुले बताएका छन् । फूलमा आत्मनिर्भर बनाउने उद्धेश्यमा सक्रिय यो संस्थाले नियमित रुपमा भेला आयोजना गर्दै आएको छ । नेपालमा करिब १५३ हेक्टर जमिनमा पुष्पखेती भइरहेको र करिब ४३ हजार भन्दा बढी यस पेशामा संलग्न रहेका छन् ।
वि.सं.२०७५ चैत ५ मंगलवार ०९:३३ मा प्रकाशित






























