back
CTIZAN AD

नेपालको नक्सा बोेकेर संयुक्त राष्ट्रसंघको प्राङ्गणमा पुगे अध्यक्ष फणिन्द्र

वि.सं.२०७५ चैत ५ मंगलवार

777 

shares

७ चैत, काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र पन्त नेपालको नक्सा बोकेर स्वीजरल्याण्डको जेनेभास्थित संयुक्तराष्ट्र संघको मानब अधिकार परिषद्मा पुगेका छन् ।

विगत २०३ वर्षदेखि नेपालको झण्डै ६ हजार वर्ग किलोमिटर भूमि पहिले बेलायत र त्यसपछि इन्डियाको उपनिवेशको जाँतोमा पिसिँदै आएको दुःखद पीडाको आवाजको सुनुवाइ गर्न अनुरोध गर्दै अध्यक्ष नेपाल संयुक्तराष्ट्र संघको मानब अधिकार परिषद्मा पुगेका हुन् ।

अध्यक्ष नेपालले चैत २ गते (शनिबार) नेपाली समयअनुसार ४ ः ३० बजेतिर जेनेभास्थित संयुक्त राष्ट्रसंघको ब्रोकन चेयरमा ग्रेटर नेपालको नक्सा प्रदर्शन गरेर नेपालीहरूको लामो प्रतीक्षा पूरा गरेका हुन् ।
उनले पहिले संयुक्त राष्ट्रसंघकोे प्राङ्गणमा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूका झन्डासँगै राखिएको नेपालको राष्ट्रिय झन्डाका अघिल्तिर ग्रेटर नेपालको नक्साका साथ उभिएर नेपाली जनताका नाममा कसम खाँदै त्यसपछि संसारलाई आफ्नो पीडाको आवाज र विरोधको स्वर सुनाउन पाउने ठाउँका रूपमा बहुचर्चित ब्रोकन चेयरमा उभिएर ग्रेटर नेपालको नक्सा प्रदर्शन गरेका थिए अध्यक्ष नेपालले ।

उनलाई साथदिन त्यहाँ उपस्थित स्वीजरल्याण्डबासी नेपालीहरूले पनि ग्रेटर नेपालको नक्सा प्रदर्शन गरी नेपालको भूमिमा भारतले गरिरहेको हस्तक्षेपको विरोध गरेको संसारन्यूजलाई बताए ।

सोहि अवसरमा अध्यक्ष नेपालले यस घटनाले फरक मोडमा पु¥याएको बताउँदै देशप्रति उत्तरदायित्व अझ बढेको भन्दै खुसी व्यक्त गरेका छन् ।

वि.सं.२०७५ चैत ५ मंगलवार १०:४२ मा प्रकाशित

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...