back
CTIZAN AD

जिम्बाबेमा बाढी र तुफानका कारण दुई लाख प्रभावित

वि.सं.२०७५ चैत ८ शुक्रवार

648 

shares

८ चैत, जेनेभा । जिम्बाबेमा आएको पछिल्लो बाढी र तुफानका कारण दुई लाखभन्दा बढी व्यक्ति प्रभावित भएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय निकायले बिहीबार दिएको जानकारी अनुसार प्रभावित भएकामध्ये अधिकाँश मोजाम्बिक सीमा क्षेत्रका रहेका छन् ।

प्रारम्भिक विवरणमा प्रभावितहरूको सङ्ख्या एक लाख ५० हजार भएपछि विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले प्राप्त गरेको विवरणमा प्रभावित हुनेहरूको सङ्ख्या बढेको देखिएको हो ।

डब्लूएफपीका प्रवक्ता हेर्भे भेर्हुसेलले दिएको जानकारी अनुसार जेनेभामा प्रप्त विवरणमा रातारात प्रभावितहरूको सङ्ख्या बढेको उल्लेख छ ।

मोजाम्बिकको सीमा क्षेत्रमा पर्ने चिमानीमानीमा बाढी र तुफानले “धेरै खराब” अवस्था सृजना गरेको उनले बताए । “जिल्लाको झण्डै ९० प्रतिशत प्रष्ट क्षति भएको छ, उनले भने ।”

जिम्बाबेको राज्यद्वारा सञ्चातिल प्रसारण संस्था जेडबीसीले मृत्यु हुनेहरूको सङ्ख्या सयबाट बढेर १३९ पुगेको छ ।

राष्ट्रसङ्घले बाढीबाट प्रभावित भएकामध्ये ४० हजार जना विस्थापित भएको पनि जनाएको छ ।

सरकारी अधिकारीहरूले भने प्रभावितहरूको सङ्ख्या छ लाख पुगेको दाबी गरेको पनि प्रवक्ता भेर्हुसेलले बताए ।

उनले भने,“तर प्रभावितहरूको सङ्ख्या हामीले भनेभन्दा अवश्य पनि बढिरहेको छ ।”

वि.सं.२०७५ चैत ८ शुक्रवार ०९:२२ मा प्रकाशित

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...