back
CTIZAN AD

भेनेजुयलाका राष्ट्रपति हुवाँ गुएइदोका सेना प्रमुख पक्राउ

वि.सं.२०७५ चैत ८ शुक्रवार

648 

shares

८ चैत, काराकास, भेनेजुयला । भेनेजुयलाका स्वघोषित अन्तरिम राष्ट्रपति हुवाँ गुएइदोका सेना प्रमुख रोबेर्टो मारेरोलाई भेनेजुयलाका अधिकारीले पक्राउ गरेको जानकारी गराएका छन् ।

अमेरिका, युरोपलगायतका अन्य केही मुलुकहरूद्वारा मान्यताप्राप्त नेता गुएइदो तथा विपक्षी दलले ट्वीटरमार्फत दिएको जानकारी अनुसार मारेरोलाई बिहीबार बिहानै निजको घरबाटै भेनेजुयली अधिकारीले पक्राउ गरी लगेको गुएइदोले बताए ।

यस्तै मारेरोले पनि आफ्नै आवाजमा रेकर्ड भएको सन्देश सामाजिक सञ्जालमा पोष्ट गरी सरकारी गुप्तचर अधिकारीले आफूलाई पक्राउ गरेको जानकारी गराएका छन् ।

संयुक्त राज्य अमेरिकाले भेनेजुयली राष्ट्रपति निकोलास मदुरोको सरकारलाई राजनीतिक अधिकारका लागि आन्दोलनरत विपक्षी नेता गुएइदो तथा उनका सहयोगीलाई पक्राउ नगर्न पटक पटक दिएको चेतावनीका बाबजुद मारेरोलाई पक्राउ गरिएको हो । मारेरोको पक्राउपछि उनका अवस्थाबारे सरकारले औपचारिक रूपमा जानकारी गराएको छैन ।

वि.सं.२०७५ चैत ८ शुक्रवार ०९:१५ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...