back
CTIZAN AD

जापानमा एनआरएनएको सयुक्त लगानी सम्बन्धी कार्यक्रम सम्पन्न

वि.सं.२०७५ चैत ८ शुक्रवार

642 

shares

काठमाडौैमा लगानी सम्मेलनको तयारी गरिरहेको पुर्बसन्ध्यामा जापानमा पनि म्याग्दीको ठाडो खोला जलविद्युत् परियोजनामा सयुक्त लगानी बिषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

गैरआबासीय नेपाली संघ केन्द्रीय अध्यक्ष भबन भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ठाडो खोला जलविद्युत् परियोजनाको बिषयमा आफ्ना कुरा राख्न एनआरएनए महासचिव डा बद्री केसी र युरोप क्षेत्रीय सयोजक शिव बरुवाल जापानमा पुगेका थिए ।

सयुक्त लगानीको बिषयमा जापानको टोकियो, नागोया र ओशाका जस्ता प्रमुख सहरहरूमा छलफलको आयोजना गरिएको थियो । टोकियोमा गत मार्च १७ मा सम्पन्न बृहत अन्तर्कृया कार्यक्रममा बोल्दै एनआरएनएका अध्यक्ष भबन भट्टले समृद्धिको निम्ति देशमा लगानीको लागि नेपाल सरकारले आह्वान गरेको छ । हामी सबै गैरआवासीय नेपालीले जे जति सकिन्छ लगानी गर्न सबैलाइ अनुरोध गरे ।

त्यस्तै कार्यक्रममा आफ्नो भनाइ राख्दै संस्थाका महासचिव डा बद्री केसीले एनआरएनएहरुले यस भन्दा आगाडी पनि नेपालमा ब्यक्तिगत रुपमा र सामुहिक रुपमा पनि धेरै परियोजनाहरूमा लगानी गरेको र अहिले लगानीको लागि दुईवटा महत्वपूर्ण परियोजना मध्य गैरआवासीय नेपालीको ठूलो लगानी रहने म्युचुयल फन्डको बिषयमा तयारी भै रहेको र ठुलो खोला हाइड्रोपावर राम्रो परियोजना भएको र अत्यधिक मुनाफा आउन सक्ने परियोजना भएकोले यो परियोजना तत्काल सुरु गर्न लागिएको जानकारी गराउदै पावर पोइन्टबाट परियोजनाको सविस्तार बिबरण प्रस्तुत गरेका थिए ।


महासचिवको प्रस्तुति समाप्ति संगै अध्यक्ष भबन भट्टले १ करोडको लगानी प्रतिबद्वता ब्यक्त गरेका थिए भने सो अबसरमा आईसीसी प्रबक्ता भुषण घिमिरेले, युवा सयोजक सुदन थापा, एसिया प्यासेफिक संयोजक किरण थापा, युरोप सयोजक शिव बरुवाल आइसिसि सदस्य महेश श्रेष्ठ लगायत एन सि सि का पदाधिकारीहरुले गरि १० करोड भन्दा बढीको प्रतिबद्धता प्राप्त भएको थियो ।

यो कार्यक्रम लगतै मोना जापान,आइसिसि महासचिव डा बद्री केसी र मोना आइसीसीका संस्थापक महासचिव तथा एनआरएनए आइसीसी युरोप संयोजक शिव बरुवालको स्वागतार्थ रात्री भोज तथा अन्तर्कृया कार्यक्रमको आयोजना गरि एनआरएनए सयुक्त लगानी म्याग्दी ठाडो खोलामा नै किन भनी छलफल चलाएको थियो ।

कार्यक्रममा पनि परियोजनाको विस्तृत रिपोर्ट प्रस्तुत गर्दै सबै म्याग्देलीहरुका लागि लगानीको ठूलो अबसर भएकोले सबैलाई लगानी गर्न आह्वान गरेका थिए ।

कार्यक्रममा मोनाका एसिया प्यासिफिक सयोजक जापानका सफल ब्याबसायी ददिवल खड्का १ करोड साथै मोना जापानका अध्यक्ष,उपाध्यक्ष महासचिव लगायत धेरै जना उपस्थित म्याग्देलिले लगानीको प्रतिबद्धता ब्यक्त गरेका थिए ।

वि.सं.२०७५ चैत ८ शुक्रवार ०९:१५ मा प्रकाशित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...