back
CTIZAN AD

निर्वाचनको सङ्घारमा पुटिनद्वारा देशभरका क्षेत्रीय प्रशासक हेरफेर

वि.सं.२०७५ चैत ८ शुक्रवार

669 

shares

८ चैत, मस्को, रूस । स्थानीय निर्वाचनको सङ्घारमा आएर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले देशभरका क्षेत्रीय प्रशासकलाई परिवर्तन गरेका छन् ।

राष्ट्रपतिको निर्णय प्रति विमति जनाउँदै बिहीबार दुई प्रशासकले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपतिको निर्णयले निर्वाचन स्वच्छ तथा स्वतन्त्र हुने वातावरण नदेखिएको बताउँदै यसअघि पनि तीन प्रशासकले राजीनामा दिइसकेका थिए ।

रूसमा आगामी सेप्टेम्बर महिनामा स्थानीय तहको निर्वाचन हुने कार्यक्रम रहेको छ ।

गभर्नरका रूपमा विगत नौ बर्षदेखि उराल हिमालयको दक्षिणी क्षेत्रमा अवस्थित ओरेनवर्ग क्षेत्रमा विगत नौ बर्षदेखि काम गर्दै आएका यूरी वर्गले राजिनामापछि सरकारको निर्णय निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यबाट आएको भन्दै यस्तो अवस्थामा आफूले सरकारलाई सहयोग गरिरहन नसक्ने बताएका छन् ।

आर्कटिक मारिना कोभ्तुनको मुर्मान्स क्षेत्रका सन् २०१२ देखि प्रमुख अर्का एक प्रशासकको पनि बिहीबार राजिनामा आएको छ ।

उक्त स्थानमा सरकारले नयाँ प्रशासकलाई पठाइसकेको रूसी प्रशासन केन्द्र क्रेम्लिनले जनाएको छ ।

रूसबारे राजनीतिक जानकारहरूले आर्थिक विकासबारे रूसमा बढ्दो सामाजिक असन्तुष्टिले सेप्टेम्बरमा गर्न लागिएको स्थानीय निर्वाचनमा पुटिनको यूनाइटेड रसिया पार्टीलाई यस पहिलेका निर्वाचनको तुलनामा निकै कठिन बनाएको बताएका छन् ।

राजनीतिक विश्लेषक अलेक्जेण्डर काइनेभले भने, “संघीय केन्द्रले क्षेत्रलाई बलियो बनाउन चाहन्न र डराउँछ किनकि उनीहरू आँफैमा मजबुत बनेमा उनीहरूले स्वतन्त्र राजनीतिक बाटो अगाल्न सक्ने भन्दै यसमाथि नियन्त्रण गर्ने प्रयासस्वरूप निर्वाचनको सङ्घारमा प्रशासकलाई हेरफेर गरी विरोधीको प्रभाव क्षेत्रमा आफूप्रति बफादार प्रशासक पठाउने षड्यन्त्र रचिएको हो ।” यसबाट निर्वाचन परिणाम आफ्नो पकडमा पार्ने लक्ष पुटिन सरकारको रहेको उनको दावी छ ।

कानेभले भने, “पूरानो अलोकप्रिय प्रशासकलाई पुनः बहाली गरेर जानुभन्दा सरकारका लागि पनि नयाँ अनुहार पठाउँदा परिणाम आफ्नो पक्षमा पार्न सहज हुनजान्छ ।” परिवर्तन गरिएका प्राय प्रशासक मस्कोप्रति वफादार प्राविधिक रहेका र तोकिएको क्षेत्रको अनुभव नभएका छन् ।

यद्यपि विश्लेषक अलेक्सी मकारिनले शरद्मा हुने निर्वाचनका लागि वसन्तमा सामान्य व्यवस्थापकीय हेरफेर गर्नु रूसको प्रचलन नै रहेको छ ।

तर काइनेभले हेरफेरको दर बढेको बताए । उनले भने, “मस्कोले विगत तीन बर्षमा ४९ क्षेत्रीय प्रशासक (गभर्नर)लाई हेरफेर गरेका छ । जुन असाधारण हो ।”

रूसमा विगत २० बर्षको अवधिमा यस किसिमको परिवर्तन भएको थिएन । सरकारका आलोचकहरूले पुटिन कमजोर बन्दै गएपछि प्रशासकको माध्यमबाट निर्वाचनलाई आफ्नो पकडमा पार्न खोजेको बताएका छन् ।

निर्वाचन आफ्नो पकडमा नहुने देखेपछि पुटिन र उनका सहयोगीले गभर्नरको व्यवस्थालाई सन् २००५ मा हटाएका थिए । तर निर्वाचनमा धाँधली पुटिनको विरोधमा लाखौँको सङ्ख्यामा ¥याली हुन थालेपछि सन् २०१२ मा यो व्यवस्थालाई पुनः स्थापित गरी माहोललाई राष्ट्रपतिको पक्षमा ल्याइएको थियोे ।

वि.सं.२०७५ चैत ८ शुक्रवार ०९:२८ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...