
लेबानानको बेरुत शहरमा कन्सुलेट अफ नेपाल कार्यलयको उद्घघाटन गरिएको छ ।
इजिप्टका लागि नेपाली राजदूत, लेवनानका लागि गैरआवासीय राजदूत झविन्द्र अर्याल तथा लेवनानमा कार्यरत नेपाली संघ संस्थाको पहलमा लेवनानमा कन्सुलेटको कार्यालय स्थापना गरिएको हो ।
नेपाल तथा लेनवानको राष्ट्रिय गान बजाएर उद्घाटन गरिएको उक्त कन्सुलर कार्यालयको लेवनानका लागि नेपाली कन्सुलर एलसेख मुहम्मद गुजैएल र कार्यवाहक राजदूत झविन्द्र अर्यालले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
सो अवसरमा कन्सुलर एलसेख मुहम्मद गुजैएल, नेपाली राजदूत झविन्द्र अर्याल तथा लेबनानका भूपुमन्त्रीहरुले रिबन काटी कन्सुलेट कार्यालयको उद्घाटन गरेका थिए ।
उद्घाटनमा लेबनानको भद्रभलाद्मीहरुको उपस्थितिसंगै यूएन फिल्ड कमाण्डर साथै नेपाली सैनिकहरु, एनआरएनका अध्यक्ष अशोक थापा, उपाध्यक्ष छबिलाल लामीछाने, सहकोषाध्यक्ष रामसिंह तामाङ्ग, अन्तराष्ट्रिय महिला संयोजक रमा ढकाल लगायतको पनि उपस्थिति रहेको थियो ।
अन्त्यमा राजदूत अर्यालले नेपालीको पहिचान र शान बोकेको बीर खोर्खालीको खुकुरी उपहार स्वरुप प्रदान गरेका थिए भने होनरी कन्सुलेट अफ नेपाल लेखिएको केक काटेर खाजा पानीको व्यवस्थासँगै उद्घाटन कार्यक्रम समापन गरिएको थियो ।
लेबनानमा रहेको नेपालीको संख्या घट्दो अवस्थामा भएको कारण एनआरएन लेबनानको पनि यसका लागी ठूलो पहल रहेको थियो । लेबनानका श्रमिकहरुले भोगीरहेको पिडा र समस्यालाई मध्य नजर गर्दै विगतका केही साल यता रद्द गरिएको कन्सुलेट पुन ः फेरि खडा भएको अवस्थामा लेबनानमा रहेका सम्पूर्ण नेपाली श्रमिकहरुको लागी केही राहात मिलेको महशु गरिएको लेवनानमा कार्यरत नेपालीले बताएका छन् ।
सो अवसरमा नेपाली कन्सुलर एलसेख मुहम्मद गुजैएलले लेवनानमा रहेका नेपाली समुदायमा आइपरेको समस्यामा विशेष प्राथमिकता दिएर कामगर्ने बताएका थिए । उनले दुई देशबिच सम्झौता गर्दै एकअर्कामा शुभकामना तथा खुशी व्यक्त गर्दै बधाई साटासाट गरेका थिए ।
वि.सं.२०७५ चैत ८ शुक्रवार १६:१४ मा प्रकाशित






























