back
CTIZAN AD

आफ्नै मुक्तिको प्रश्न !

वि.सं.२०७५ चैत ९ शनिवार

1.2K 

shares

म एउटा खाट्टी पुरुष
मैले पनि मुक्त हुनु छ–
आफैंले सिर्जना गरेको झ्यालखानबाट !

एउटा झ्यालखान छ–अहमको
पुरुष–श्रेष्ठताको अहम
म आमाभन्दा कसरी श्रेष्ठ हुन सक्छु ?
जव श्रेष्ठ हुन्छु भने म,
आमालाई कसरी महान भन्न सक्छु ?
जसरी पनि माथि हुँ भने म,
प्यारमा कसरी बराबरी हुन सक्छु ? युगौं भयो यो झ्यालखान परेको म
मलाई यो झ्यालखानबाट मुक्त हुनु छ !

अर्को झ्यालखान छ–लाजको
मनै त हो मेरो पनि
मनमा पिर परेपछि
र पिरले बेस्सरी निचोरेपछि
धकी धकी रुन्छन
आमाहरु÷दिदी–बैनीहरू
तर,
म अभागी पुरुष
अरुले देख्ने गरी रुने अधिकार छैन
मनमनै रोएर चलाएको युगौं भैसक्यो
मनमनै रोएर कसरी हुन्छ मन हलुङ्गो ?
यो लाजको पहाडले युगौं किच्चिएको
म नाथे जिरिगान्टे पुरुष
मलाई बेस्सरी रुन मिल्ने मुक्ति चाहिएको छ !

तेश्रो झ्यालखान छ–
कार्य–विभाजनको
फलानो महिलाले मात्र गर्ने काम
चिलानो पुरुषले मात्र गर्ने काम
आफूले मात्रै गर्नु पर्ने कामको पहाड
र आफूले गर्नै नहुने कामको सूची
यो विभाजक रेखाको झ्यालखान
कम्ता उत्पीडनकारी छैन यो रेखा
म यो घेराबाट मुक्ती चाहन्छु !

अहम, लाज
कार्यविभाजन
वंश,अंश, थर, गोत्र
धर्म–पाप, मोक्ष,
स्वर्ग, नरक, ईश्वर
सम्पत्ती, सत्ता, संरक्षण
यी सव कुराको भारी बोक्दा बोक्दा
मेरा काँध गलिसके
एकाँधे लगाएका यी काँध
जसरी पनि मुक्ति चाहन्छन !

मलाई,
चढ्नु छैन अहंकारको घोडा
बन्नु छैन तथाकथित श्रेष्ठ
म यो श्रेष्ठताको अवशादबाट मुक्ति चाहन्छु
म आफैले सिर्जना गरेका
मानव विरोधी झ्यालखानबाट मुक्ति चाहन्छु !

वि.सं.२०७५ चैत ९ शनिवार १०:२५ मा प्रकाशित

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...

कविता : के कामको शासन

कविता : के कामको शासन

बिमला चन्द सानू, बैतडी हाल : काठमाडौं लाखौं छन् घरभित्र...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

कविता : लैलै बरी लैबरी

कविता : लैलै बरी लैबरी

हिरा भट्ट बदमास नम्बर दुई जन्मस्थल:पञ्चेश्वर-६,बिजुल, बैतडी "खत्रा ट्याटु बन्यो"भुँडीतिर...

कविता : मान्छे

कविता : मान्छे

अलख निरञ्जन लोहार टीकापुर, कैलाली हाल : भारत जो जो...