back
CTIZAN AD

यू–२३ च्याम्पियनशिप फुटबलमा नेपालले कतारसँग खेल्ने

वि.सं.२०७५ चैत १० आइतवार

717 

shares

१० चैत, काठमाडौ ।  एएफसी तेइस वर्षमुनि यू-२३० च्याम्पियनशिप फुटबल प्रतियोगिता छनोट चरणको दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्ने भएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा हुने उक्त खेल नेपाली समय अनुसार राति ९ः४५ बजे हुनेछ । नेपाल सशक्त मानिएको टोली कतारलाई रोक्ने योजनासहित मैदानमा उत्रनेछ । कतार एशिया कपको विजेता टोली पनि हो ।

यसअघि पहिलो चरणको खेलमा पराजित नेपाललाई अर्कोे चरण प्रवेशका लागि कतारलाई जित्नै पर्ने बाध्यता छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल ओमनसँग १-० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै ओमानसँगको हारसँगै नेपालको एएफसी यू-२३ च्याम्पियनशिपमा छनोट हुने सम्भावनासमेत कमजोर हुँदै गएको छ । छनोट चरणमा नेपाल समूह ‘ए’मा छ । नेपालको समूहमा कतारसँगै ओमन र अफगानिस्तान पनि छन् । यसअघि एक खेल खेलेको नेपाल पराजित भएर अङ्क तालिकाको तेस्रो स्थानमा छ । समान खेल खेलेको कतार अङ्क तालिकाको शीर्ष स्थानमा छ । कतारको तीन अङ्क छ ।

त्यसैगरी समान तीन अङ्क नै जोडेको ओमन दोस्रो स्थानमा छ भने अफगानिस्तान अङ्क तालिकाको अन्तिम स्थानमा छ । छनोटको शीर्षटोलीले थाइल्याण्डमा आयोजना हुने एएफसी यू-२३ च्याम्पियनशिप फुटबल प्रतियोगतामा सहभागिता जनाउनेछ । यस्तै दोस्रो हुने टोलीमध्ये उत्कृष्ट पाँच टोलीले पनि च्याम्पियनशिपमा भाग लिन पाउनेछन् । नेपालले मङ्गलबार अफगानिस्तानसँग खेल्नेछ ।

वि.सं.२०७५ चैत १० आइतवार १३:५७ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...