
१० चैत, काठमाडौ । आइतबार बिहान ९ बजे लगानीकर्ताहरुले लगाएको ताला दिउसो २ बजे प्रहरीले खोलेको छ । शेयर लगानीकर्ता दबाब समुहले ताला बन्दी गरीदिदा ३ जना कर्मचारी कार्यालय भित्रै थुनिएका थिए, भने अन्य कर्मचारीले कार्यालय प्रवेश गर्न समेत पाएका थिएनन् ।
लगानीकर्ता दबाब समुहले पुँजि बजार सम्बन्धी ३२ बुदे माग राख्दै आन्दोलन गरीरहेका छन् । आन्दोलनकारी समुहले कार्यालयमा तालाबन्दी गरेपछि कार्यालयको काम प्रभावीत भएको थियो ।
वि.सं.२०७५ चैत १० आइतवार १५:२२ मा प्रकाशित





























