back
CTIZAN AD

नेविसंघ नेतृत्वमा शाहको दाबी, आफ्नो विकल्प नभएको भनाइ

वि.सं.२०७५ चैत १० आइतवार

600 

shares

विगतदेखीको महाधिवेशन गर्ने कार्य देखि लगेर अहिले पनि मेरो सक्रियता र ग्राउन्ड लेभल हेर्ने हो भने नेविसंघको नेतृत्वमा अरु विकल्प छैन –ऋषिकेशजंग शाह

१० चैत, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) को नेतृत्व लिन पहल गर्दै आएका ऋषिकेशजंग शाहले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर औपचारिक रुपमा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर उनले नेविसंघको नेतृत्व आफूलाई दिन माग गरेका हुन् । आफ्नो दावी प्रस्तुत गनी उनी शक्ति प्रदर्शनसहित देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । नेविसंघ कार्यकर्ताहरु बस र मोटरसाइकल चढेर बूढानीलकण्ठ पुगेका थिए ।

करिब दुई हजार जति समर्थकहरुको भिडलाई नेतृत्व गर्दै शाहले आज पार्टी सभापति शेर बहादुर देउवा उनले भने, ‘विगतदेखीको महाधिवेशन गर्ने कार्य देखि लगेर अहिले पनि मेरो सक्रियता र ग्राउन्ड लेभल हेर्ने हो भने नेविसंघको नेतृत्वमा अरु विकल्प नभएको शाहले पार्टी सभापतिलाई बताए ।

नैनसिंह महर नेतृत्वको नेविसंघको कार्यसमिति खारेज भएपछि नेतृत्व हात पार्न ऋषिकेशजंग शाह सक्रिय छन् । उनले पार्टी र विद्यार्थीका नेताहरुसँग भेटेर लबिङ गर्दै आएका छन् । आफूलाई नेविसंघमा प्रभावशाली मानिने दुरेन राई, दुजाङ शेर्पा, शंकर पौडेल, प्रेमराज जोशीलगायतको पनि समर्थन रहेको उनले शाहले बताए।

त्रिभुवन विश्वविद्यालयमा नेविसंघको अध्यक्ष भइसकेका पौडेल ११ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारसमेत बनेका थिए । ११ औं महाधिवेशनताका दुजाङ सिटौला समूहमा थिए । जोशी महर नेतृत्वको कार्यसमितिमा नेविसंघको प्रवक्ता थिए ।

कार्यक्रममा पौडेलले भने, ‘नेविसंघको अधिवेशन गर्न सक्ने खालको कार्यसमिति आवश्यक छ । संरचनागत ज्ञान भएको, सम्बन्ध राम्रो भएको, विद्यार्थीलाई परिचालन गर्न सक्ने, पार्टीलाई बलियो बनाउन सक्ने नेतृत्व आजको आवश्यकता हो । आजको यो कार्यक्रमले सभापतिज्यूलाई केही सन्देश पक्कै दिएको छ ।’

यसैगरी राईले नेविसंघको नेतृत्वमा ऋषिकेश नै अहिलेको आवश्यकता भएको बताए । उनले भने, ‘कम्युनिष्टहरु सर्वसत्तावादतर्फ उन्मुख भइरहेको गम्भीर परिस्थितिमा विद्यार्थीहरुलाई हाक्नका लागि अहिले जुझारु र सशक्त नेतृत्वको आवश्यकता छ । त्यसैले हामीले ऋषिकेशजंग शाह नै अहिलेको आवश्यकता हो भनेका छौं।

वि.सं.२०७५ चैत १० आइतवार १६:०१ मा प्रकाशित

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको...

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका...

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार...

विपद् संकट सामना गर्न सर्वदलीय १० बुँदे संकल्प

विपद् संकट सामना गर्न सर्वदलीय १० बुँदे संकल्प

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोसीलगायत नदी बेसिनमा आएको अप्रत्याशित...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...