back
CTIZAN AD

मालीमा जग्गा विवादमा झडप, १३४ जनाको मृत्यु, संयुक्त राष्ट्रसंघद्धारा भत्र्सना

वि.सं.२०७५ चैत १० आइतवार

1K 

shares
photo-Agency

१० चैत, संयुक्त राष्ट्रसङ्घ ।  बन्दूकधारीले मध्य मालीको मोप्ती क्षेत्रमा रहेको ओगासागुमा रहेका आदिवासी फुलानी समुदायमाथि जग्गा तथा सिँचाइबारे डोगान जातीसँग भएको विवादपछिको आक्रमणमा कम्तिमा १३४ जनाको मृत्यु भएको अनुगमनका लागि पुगेको संयुक्त राष्ट्रसंघको टोलीले जानकारी गराएको छ ।

शनिबार बिहान गाउँ घेरा हाली गरिएको आक्रमणमा यति ठूलो सङ्ख्यामा सामुहिक हत्या भएको एक स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । आक्रमणकारीले स्थानीय अगोसागा पेउल गाउँका अधिकांश घर तथा टहरामा आगजनीसमेत गरेका बताइएको छ ।

यसैबीच, “संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसद्वारा मालीको एउटा ग्रामिण वस्तीलाई घेरा हाली एक बन्दूकधारी समूहले गरेको आक्रमणबाट महिला तथा बालबालिकासहित कम्तिमा १३४ जनाको हत्या गरिएको घटनाको घोर भत्र्सना गरेका छन्” राष्ट्रसंघ प्रमुख गुटेर्रेसका सह–प्रवक्ता फारहन हकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अगोसागा पेउल गाँउलाई बन्दूकधारी ठूलो समूहले घेरा हाली गरेको आक्रमणमा कम्तिमा ५५ जना घाइते भएका थिए । घाइतेमध्ये कैयौँको अवस्था गम्भीर रहेको बताइएको छ ।

“महासचिवले उक्त घटनाको भत्र्सना गर्दै घटनाको तत्काल अनुसन्धान गरी उक्त जघन्य आक्रमणमा सम्लग्नलाई कानूनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन मालीका अधिकारीलाई आग्रह गर्नुभएको छ,” हकले बताए ।

विज्ञप्तिमा भनिएको छ, “उहाँले मृतकका परिवार तथा आपन्तजन, मालीका जनता तथा सरकारप्रति समवेदना व्यक्त गर्दै घटनामा घाइते हुने सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।”

त्यस्तै, राष्ट्रसंघ प्रमुखले मालीका अधिकारीलाई मध्यमालीमा शान्ति तथा स्थायित्व ल्याउने प्रयासलाई दोब्बर गरेर अघि बढ्न आग्रह गरेका छन् ।

वि.सं.२०७५ चैत १० आइतवार १७:०३ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...