back
CTIZAN AD

भारतीय राष्ट्रपति प्रणव मुखर्जी लुम्बिनी किन गएनन् ?

वि.सं.२०७३ कात्तिक २२ सोमवार

1.2K 

shares

कान्तिपुरमा “मुखर्जीले जब सगरमाथा हेरे” शिर्षक अन्तर्गतको समाचारमा समाचारभरी कुनै चर्चा नै नभएको फोटो राखिए तापनि वुद्ध एयरको बिमान प्रयोग गरिएको कारण यस्का कर्मचारीहरुले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई वुद्धको मूर्ति उपहार दिएको अनुमान गर्न सकिन्छ ।

उपहारले राष्ट्रपतिलाई केही चस्का अबस्य पनि दियो होला नै । भारतीय नेताहरु पशुपति जान्छन, तर लुम्बिनी जान चाहन्नन । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बर्तमान नेपाल भ्रमणका क्रममा पनि लुम्बिनी जाने उन्को कुनै कार्यक्रम छैन भलै लुम्बिनीको महत्व धार्मिक दृष्‍टिकोणले मात्रै नभएर विस्व शान्तिका प्रतिक वुद्धको जन्मस्थल भएका कारण पनि यस्को बिस्वब्यापी रुपमा नै बहुआयामिक महत्व छ ।

buddha-air-donation-to-pranab-mukharji

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा नेपाललाई वुद्धको जन्मभूमिका रुपमा परिचय दिएर प्रसंशा बटुले तापनि राष्ट्र संघको सुरक्षा परिषदमा स्थान प्राप्त गर्ने कामका लागि नेपालमा बोलेकोभन्दा ठीक बिपरीत कुरा गरेर सो उद्धेस्य प्राप्तीका लागि वुद्धको नाम बेच्ने काम मात्रै गरेनन, बरु आफू एउटा शक्ति सम्पन्न देशको प्रधानमन्त्री भएको समेत बिर्सन पुगे र बोलीको ठेगाना नभएको नेताका रुपमा विस्वलाई परिचय दिए । किनकि विस्वले यो कुरालाई मौन रुपमा हेरिरहेकाले उन्ले नेपालमा बोलेका कुरालाई धेरै अन्तराष्ट्रिय संचार माध्यमले यथेस्ठ स्थान दिएका थिए ।

बुद्ध जन्मभूमि भएकै कारण राष्ट्र संघका पाँच महासचिबहरु र नोबेल शान्ति पुरस्कार बिजेताद्धय दलाई लामा र आङ साङ् सुचीले लुम्बिनी भ्रमण गरिसकेका छन भने राष्ट्र संघ मार्फत नै दुई गुरु योजना तयार भैसकेको र बिस्व सम्पदा सूचिमा समाबेश गरिएको छ । प्रो कनिङ्घामको नेतृत्वमा यूनेस्कोको लुम्बिनीमा भैरहेको अत्याधुनिक अनुसन्धात्मक उत्खननले बुद्ध जन्म समयबारे नयाँ बैज्ञानिक तथ्य सार्वजनिक गरिसकेको छ र यस्लाई बिस्वकै ठूला अन्तराष्ट्रिय संचार माध्यमहरुले प्राथमिकतामा पारे भने न्यासनल जियोग्राफीले त डकुमेण्ट्री नै बनाउँदैछ । श्रीलंकाको रास्ट्रपति राजपक्ष नेपाल भ्रमणमा आउनु हुँदा सबभन्दा पहिला लुम्बिनीको भ्रमण गरेपछि मात्र औपचारिक कार्यक्रमहरुमा शरिक हुनुभएको थियो ।

बैज्ञानिक र पुरातात्विक तथ्यका आधारमा नेपालको लुम्बिनी नै बुद्ध जन्मस्थल भएकोमा सन्देह छैन, तर पनि छिमेकी देशले अरबौं खर्चेर लुम्बिनीमा उत्खनन गर्दा प्राप्त भएका केही ट्रक पुरातात्विक महत्वका सामग्री जाँच्न लगिएकोमा ती सामग्रीहरु नै पनि नक्कली कपिलवस्तु निर्माणका क्रममा प्रयोग गरिएको हुन सकिने आशंका गरिएको छ । नेपालको भू-राजनीतिक अवस्थाको फायदा लिएर दूरासयपूर्ण आफ्नो मिसन पुरा गर्ने सपना लिएको भारत नेपाल सरकारको मौनताको बाबजुद सामाजिक सन्जालकै हल्लिखल्लिबाट शुरु भएको विस्वब्यापी अभियान मार्फत भने पनि बिभिन्न देशको पाठ्य पुस्तकमा वुद्ध जन्मस्थल बिषयमा भएको गलत जानकारी सच्याउनेसम्मका काम लगायत अन्य बिस्वब्यापी प्रभाब दिन सक्ने उपलब्धीहरु हासिल भएकोमा चिन्तित र त्रसित छ । वुद्ध जन्मस्थल बिषयमा बेला बखतमा भारतका राष्ट्रिय स्तरका कलाकारहरु, प्रधानमंत्री र राजदूतले बोल्ने र गर्ने गरेका गलत काम कुरोको बिरोधमा जन उभार उर्लन थालेपछि काठमाण्डौंस्थित भारतीय दूताबासले सही जानकारी सहितको सामग्री पोस्टिङ् पनि गर्ने गरिएको छ । यसरी विस्व शान्तिका प्रतिक वुद्धको जन्मस्थल लुम्बिनी आफ्नै आत्माले स्वीकार्न नसक्ने आफ्नै गलत काम कुरोका कारण भारतीय नेताहरुका लागि वुद्ध जन्मस्थल लुम्बिनी भूत बंगला जस्तै बन्न पुगेका कारण भारतीय नेताहरुको भ्रमण लिस्टमा पर्न सकिरहेको छैन ।

वि.सं.२०७३ कात्तिक २२ सोमवार ०६:२९ मा प्रकाशित

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

ट्रेड युनियन  अधिकारका सन्दर्भमा :  वर्तमान सरकार गठन भएको १...

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

रामजनम तिवारी नेपालको मधेसी अधिकार आन्दोलनका आरम्भिक र मौलिक चिन्तकहरूमध्ये...