back
CTIZAN AD

सुरक्षा परिषद्को बैठकको निर्णयबाट नै मुलुकमा सेना परिचालन- रक्षामन्त्री पोखरेल

वि.सं.२०७५ चैत ११ सोमवार

645 

shares

११ चैत, विराटनगर ।  उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा परिषद्को बैठकको निर्णयबाट नै मुलुकमा सेना परिचालन हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले सुरक्षा परिषद्को बैठक नबसेको खण्डमा अध्यक्षको नाताले प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकको प्रस्ताव राष्ट्रपतिबाट सदर भएपछि मात्र सेना परिचालन हुने स्पष्ट पारे । उनले सेना परिचालनको एक महीनापछि प्रतिनिधिसभाबाट उक्त प्रस्ताव पास हुनुपर्छ भन्दै प्रधानमन्त्री एक्लैको निर्णयबाट सेनाको परिचालन हुने भन्ने कुरा गलत भएको धारणा व्यक्त गरे ।

उपप्रधानमन्त्री पोखरेलले विप्लव समूह हतियार छाडेर आएमा मात्र वार्ता हुने बताउँदै हतियार बोकीबोकी वार्ता हुननसक्ने प्रष्ट पारेका छन् । उनले मुलुकमा बम पड्काउने, हत्या हिंसा गर्ने, जनतामा आतङ्क सिर्जना गरेकोले उक्त समूहलाई प्रतिबन्ध लगाइएको उनको भनाइ थियो । उनले विप्लव समूहप्रति सरकारको वैरभाव नभएको स्पष्ट पारे ।

वि.सं.२०७५ चैत ११ सोमवार १४:३५ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...