
अभिनेत्री तथा कार्यक्रम संचालिका रिमा बिस्वकर्मा अभिनित नयाँ म्युजिक भिडीयो ‘मायालु’ सार्वजनिक भएको छ ।
जहाँ भिडीयोमा उनलाई मोडल जीवन भट्टराईले साथ दिएका छन ।
प्रदेशीको कथा बोल्ने म्युजिक भिडीयोलाई प्रकास धितालले निर्देशन गरेका हुन् । आर सी थापाको शब्द तथा संगीत रहेको गीतमा लोकप्रिय गायक स्वरूप राज आचार्यले स्वर भरेका छन । भिडीयोमा उत्सब दाहालको छायाँकन ,टेकेन्द्र शाहको सपादन र कलर देख्न सकिन्छ ।
वि.सं.२०७५ चैत ११ सोमवार १४:५९ मा प्रकाशित






























