back
CTIZAN AD

गुणस्तरीयताका लागि हाइटेक स्याउ नर्सरी, बार्षिक ७५ हजार विरुवा उत्पादन हुने

वि.सं.२०७५ चैत ११ सोमवार

612 

shares

११ चैत, खलङ्गा । स्याउका गुणस्तरीय बिरुवा उत्पादनका लागि तयार गरिएको हाइटेक नर्सरी निर्माणको अन्तिम चरणमा पुगेको छ । जुम्लाको चन्दननाथ नगरपालिका–८ उमगाडमा तयार गरिएको हाइटेक नर्सरीको काम अव अन्तिम चरणमा पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय ‘सुपरजोन’ जुम्ला शाखाले जनाएको हो ।

उक्त शाखाका प्राविधिक ईन्द्र सुवेदीले सत्रखम्बा फलफूल नर्सरीका किसान अम्मरबहादुर रावत र कालिका फलफूल नर्सरीका रतनबहादुर रावतलाई हाइटेक नर्सरी सञ्चालनका लागि रु एक करोड १७ लाख सहयोग गरिएको र यो कार्यक्रम यसै वर्ष सञ्चालनमा आउने बताए । हाइटेक नर्सरीबाट गुणस्तरीय बिरुवा उत्पादन गर्न सकिने र एक वर्षमा एक नर्सरीले ७५ हजार बढी बिरुवा उत्पादन गर्न सक्ने उनीहरुको जिकिर छ ।
नर्सरीका किसानलाई नर्सरी सञ्जीवनी हाइट नर्सरीले प्राविधिक ज्ञान दिइरहेको छ । जुम्लालाई अझै धेरै बिरुवाको आवश्यकता हुनाका साथै अन्य जिल्लामा पनि गुणस्तरीय बिरुवा निर्यात गर्ने उद्देश्यका साथ दुई हाइटेक नर्सरी घर बनाइएको हो । सो नर्सरीबाट उत्पादन भएको एक बिरुवाबाट करीब २० देखि ३० केजीसम्म स्याउ फल्ने अनुमान गरिएको छ ।

जुम्लामा योभन्दा पहिला जिल्ला कृषि विकास कार्यालयअन्तर्गत स्वीकृत गरिएका नर्सरीमार्फत पनि वर्षेनी बिरुवा उत्पादन हुने गरे पनि अपुग हुने गरेको थियो । हामीले आफ्नै तरिकाले विगतमा स्याउको बिरुवा उत्पादन गरेका थियौँ अब भने आधुनिक प्रविधिद्वारास्याउ उत्पादन गर्ने अवसर मिलेको नर्सरी धनी रतन रावतले जानकारी दिए ।

प्रशस्त स्याउ फल्ने यहाँ स्याउखेतीलाई आधुनिकीकरण गर्ने उद्देश्यका साथ लागू गरिएको सो परियोजनाले जिल्लाको चन्दननाथ र तातोपानी गाउँपालिकामा काम गरिरहेको उक्त कार्यालयले जनाएको छ । गत वर्ष जिल्ला कृषि विकास कार्यालयमा दर्ता भएका नर्सरीबाट करीब एक लाख बिरुवा बिक्री भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भरत कँडेलले जानकारी दिए । उनका अनुसार गुणस्तरीय बिरुवा जति उत्पादन भए निर्यात हुने सम्भावना छ ।

वि.सं.२०७५ चैत ११ सोमवार १५:५२ मा प्रकाशित

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...