back
CTIZAN AD

विप्लवलाई सहजरुपमा मूलधारमा आउन प्रधानमन्त्रीको आग्रह

वि.सं.२०७५ चैत ११ सोमवार

582 

shares

११ चैत, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको पार्टीलाई सहजरुपमा राष्ट्रिय राजनीतिको मूलधारमा आउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले चैतभित्रै विप्लव समूहका अतिवादी विध्वंशात्मक क्रियाकलापलाई नियन्त्रणमा लिइने बताउँदै विप्लव समूहलाई सहजरुपमा माने सहजरुपम र नभए जेलमा बसेर आउन पनि आग्रह गरेका थिए ।

नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सरकारलाई असफल बनाउनका लागि विकास निर्माणका काम अवरोध गर्ने, लोकतन्त्रलाई अबरोध पार्ने, समाजवाद उन्मुख सरकारका प्रयासहरुलाई अवरोध गर्ने, बाधा व्यवधान उत्पन्न गर्ने गतिबिधिहरु विप्लव समूहले गर्दै आएको बताएका थिए ।

प्रधानमन्त्री ओलीले भने, ‘नाम कम्युनिष्ट पार्टी राख्ने, हसियाँ हथौडाकै झण्डा लिने नाम पनि कम्युनिष्ट पार्टी नै राख्ने, कम्युनिष्ट भनेका यस्तै हुन्छन् भन्ने बनाइदिने, हामी सहिष्षुण व्यवहार गर्ने उनीहरुले हत्याको लिस्टमा नेताहरु राखेर मान्छे खटाउने नेताहरु मार्नका लागि खटाउने नामका अगाडि क फलानो भनेर राख्ने ।’

वि.सं.२०७५ चैत ११ सोमवार १७:१९ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...