back
CTIZAN AD

उपसचिव भण्डारीको सुझाव-‘लोकसेवा पास गर्न यसरी पढ्नुहोस्’

वि.सं.२०७५ चैत १३ बुधवार

2.1K 

shares

“हेलीकप्टर हवइजहाज जसरी लतारिएर अगाडी बढ्दैन । चीलले चल्ला टिपे जस्तै जहानिर एच सङकेत हुन्छ हेली त्यही ल्याण्ड गर्छ । लेख्दा पनि त्यसरी लेख्नुपर्छ ।” लेख्दा समय व्वस्थापनमा सचेत हुनु पर्ने उनको जोड छ । प्रश्नले ओगटेको फुलमाक्र्स डिभाइड बाई दिएको समय गरेर प्रति प्रश्नको लागी समय निकाल्न चुक्नु भयो भने निजामती सेवामा प्रवेश गर्ने सपना ढिलो हूने बताउछन् भण्डारी ।

अहिले त मान्यजनहरुले आफ्ना सन्तानलाई आर्शिवाद दिदा डाक्टर भएस् भन्छन् । डाक्टरहरु हाम्रो समाजमा साच्चीकै ठूला र भद्र मानिस मानिन्छन् । तोते वोल्ने गरेका वच्चादेखी विज्ञान विषय लिएर १२ कक्षा पढ्दै गरेका किशोर किशोरीका हृदयमा पनि डाक्टर नै धड्किरहेको हुन्छ ।

अहिले त अवस्था यस्तो ५ भने ३० वर्षअघि कस्तो थियो होला ? त्यसमाथि विद्यालयमा जेहेन्दार विद्यार्थीलाई सिकाइएकै हुन्थ्यो–सके डाक्टर बन्नु नत्र इन्जिनियर त छोड्दै नछोड्नु । यस्तै परीवेशमै हूर्किएका हुन हिरा लाल भण्डारी (दिपक) पनि । त्यसैले त ०४५ सालमा एसएलसी प्रथम श्रेणीमा पास हुनासाथ डाक्टर बन्ने सपना बोकेर गुल्मीबाट काठमाडौं आए भण्डारी ।

साथी थिए रविन्द्र पाण्डे (डा.रविन्द्र समीर) संगै बसे नरदेवी आयूर्वेद क्याम्पसको होेस्टेलमा । ०४६ सालको आन्दोलन पनि भोगे । देशमा प्रजातन्त्र पनि आयो । उन्नाइस बर्षकै कलिलो उमेरमा हेल्थ असीस्टेन्ट बनेर लागे सरकारी सेवामा । कहिले रोल्पा, रुकुम, गुल्मी त कहिले उपत्याकामा स्वास्थ्य सस्ंथाहरुमा बिरामीहरुलाई जाच्दै उपचार गरेरै १६ वर्ष बिताए ।

यसरी आए प्रशासन सेवामा

डेढ दशक सम्म विरामीको उपचार गरे । कैयौलाई पुर्नजीवन दिए । समाजमा नाम र दाम दूबै कमाए । दूनियालाई उपचार गर्ने डाक्टर आफ्नै उपचारमा भने चूक्दै गएको अनुभुती भयो उनलाई । भन्छन्–“मलाई लाग्दै गयो म चिकित्सक वन्न जन्मिएकै होइन ।” सायद यहि अनुभुतीले होला उनलाई सामान्य प्रशासन सेवाले तानीरह्यो । हिरालाल आफ्नो अनूभव यसरी सूनाउछन् – मानौ प्रशासन सेवा ठूलो चुम्वक हो र म फलामे थुप्रो । चूक्वकले फलाम ताने जस्तै गरी तान्यो प्रशासन सेवामा ।”

प्रशासन सेवामा नेपाल सरकारको साखा अधिकृत भएर सेवा गरेका भण्डारी अहिले फेरि लेखातर्फ मोडिएका छन् । साखा अधिकृत बनेको छोटो समयमै भण्डारीले उपसचिव पदमा खूल्ला प्रतिष्पर्धाबाट नाम निकाल्न सफल भए ।

तयारी निजामति सेवाको
निजामति सेवाको तयारी गरीरहेका धरै प्रतिश्प्रधीहरु यस सेवामा प्रवेश गर्नु ‘टफ’ भएको वताउछन्् । बाहिरबाट देख्दा यस्तै देखिन्छ पनि । पाँच सय सिटमा आवस्यकता खूलाउदा ५० हजार प्रतियोगी त देखिएकै हो । तर भण्डारी भने यस मामलामा अलि फरक विचार राख्छन् । उनी भन्छन्–“तपाई एक जनाका लागी त एउटै सीट भए पूगीहाल्छ नि ।” सरकारी सेवामा प्रवेश गर्न सजिलो अवस्य छैन । प्रतिस्प्रर्धा अत्यन्तै कडा छ । यहि कडा प्रतिश्पर्धामा सफल हुन चाहाने प्रतिस्पर्धीलाई अलि विश्लेषक बन्नुपर्ने सल्लाह दिन्छन् भण्डारी ।

पढ्ने कसरी ?
लोकसेवा परीक्षाको तयारी गरीरहेका प्रतिश्पर्धीहरुलाई भण्डारीको सल्लाह छ –“घोकेर कहिल्यै नपढ्नु होस् ।”
त्यसोभए कसरी पढ्ने त ? भण्डारी भन्छन्–“एक विषयलाई अनेक कोणबाट सोच्नुहोस् ।” भण्डारीले आफ्नो अनूभव सूनाउँदै यसो भन्छन् –“विषय बूझ्नुहोस्, त्यसलाई आफनो कोणबाट लेख्नुहोस् । यसो गर्दा प्रश्नको उत्तर प्रभावकारी हुन्छ ।

पढ्ने कसरी त ? भण्डारीको सल्लाह यस्तो छ –“त्यतिवेला पढ्नुहोस् जति वेला तपाइले विषय वस्तु झ्यापै बूझ्न सक्नुहुन्छ ।” लोकसेवा तयारी भनेर १८ घण्टा पढ्ने प्रतिश्पर्धीलाई त्यसो नर्गन उनको सूझाव छ । उनि भन्छन्–“फ्रेस हुनुहोस् फ्रेस दिमाग बनाउनुहोस् अनि लेख्ने प्राक्टिस बढि गर्नुहोस् ।”

लेख्ने कसरी ?
लेख्दा उल्टो पिरामीड सैलीमा उत्तर लेख्न भण्डारीको सल्लाह रहेको छ । उनी भन्छन् –“तपाइको लेखाई ठ्याक्कै हेलीकप्टर ल्यान्डीङ जस्तो हुनुपर्छ ।” यसको अर्थ उनी यसरी खूलाउछन् –“हेलीकप्टर हवइजहाज जसरी लतारिएर अगाडी बढ्दैन । चीलले चल्ला टिपे जस्तै जहानिर एच सङकेत हुन्छ हेली त्यही ल्याण्ड गर्छ । लेख्दा पनि त्यसरी लेख्नुपर्छ ।” लेख्दा समय व्वस्थापनमा सचेत हुनु पर्ने उनको जोड छ । प्रश्नले ओगटेको फुलमाक्र्स डिभाइड बाई दिएको समय गरेर प्रति प्रश्नको लागी समय निकाल्न चुक्नु भयो भने निजामती सेवामा प्रवेश गर्ने सपना ढिलो हूने बताउछन् भण्डारी ।

उनी भन्छन्–समसामयिक विषयमा अपडेट हुनुहोस् । विस्लेषात्मक उत्तर लेख्नुहोस । लेख्दा हेलीकप्टर ल्यान्डीङ शैली अवलम्वन गर्नुहोस पक्कै तपाइ सफल हुनुहुनेछ ।

( हिरालाल भण्डारी नेपाल सरकारका उपसचिव हुन्)

वि.सं.२०७५ चैत १३ बुधवार १४:११ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...