back

दक्षिण कोरियामा काम गर्ने उमेर समूहका जनसङ्ख्या घट्ने अनुमान

वि.सं.२०७५ चैत १४ बिहीवार

33 

shares

१४ चैत, सोल ।  दक्षिण कोरियामा आगामी वर्षबाट काम गर्ने उमेर समूहको जनसङ्ख्या घट्ने अनुमान गरिएको छ ।

दक्षिण कोरियाली तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो कुरा प्रष्ट भएको हो ।

तथ्याङ्क विभागले गरेको सन् २०१७ बाट २०६७ सम्मको अनुमान अनुसार काम गर्ने उमेर समूह अर्थात् १५ देखि ६४ वर्षका व्यक्तिहरु सन् २०१७ मा ३ करोड ७५ लाख ७० हजार पुगेको थियो ।

सो सङ्ख्या सन् २०६७ सम्मकै सबैभन्दा बढी हुने देखिन्छ । त्यसपछि सो सङ्ख्या घट्न शुरु हुने भएको बताइएको छ । सन् २०१७ मा उक्त उमेर समूहका नागरिकको संख्या सबैभन्दा बढी पुगी त्यसबाट घट्दै जाने देखिएको सो तथ्यांक विभागले जनाएको छ ।

सन् २०२० बाट वार्षिक रुपमा औषत ३ लाख ३० हजार काम गर्ने जनसङ्ख्या घटदै जाने बताइएको छ । सन् १९५५ बाट १९६३ सम्म जन्मेकाहरु बृद्ध उमेरमा प्रवेश गर्ने भएकोले काम गर्नेहरुको संख्या घट्दै जाने तथ्याङ्क विभागले बताएको छ ।

सो विभागकाअनुसार काम गर्ने उमेर समूहको जनसंख्या सन् २०१७ मा ७३ प्रतिशत थियो भने यो संख्या घटेर सन् २०५६ मा पुग्दा ४९.९ प्रतिशत पुग्ने बताइएको छ ।

यसैगरी सो जनसंख्या सन् २०६७ मा पुग्दा ४५.४ प्रतिशत पुग्ने छ । यसरी सन् २०६७ मा यो जनसंख्या दक्षिण कोरियाको इतिहासमा नै सबैभन्दा कम हुन जाने कुरा उक्त समाचारमा जनाइएको छ ।

वि.सं.२०७५ चैत १४ बिहीवार १७:४३ मा प्रकाशित

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...

गाजाबाट थप १२ बन्धक रिहा

गाजाबाट थप १२ बन्धक रिहा

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र) । प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक...

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजा,जेरुसेलम । विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई...

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

ढाका । बङ्गलादेश सरकारले आम निर्वाचनअघि ‘प्रतिस्पर्धा हटाउन’ का लागि...

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

नोम पेन्ह । विश्व बैंकले कम्बोडियाका चार प्रान्तमा पानी आपूर्ति...

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

जेरुसेलम । इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ...