back
CTIZAN AD

दक्षिण कोरियामा काम गर्ने उमेर समूहका जनसङ्ख्या घट्ने अनुमान

वि.सं.२०७५ चैत १४ बिहीवार

783 

shares

१४ चैत, सोल ।  दक्षिण कोरियामा आगामी वर्षबाट काम गर्ने उमेर समूहको जनसङ्ख्या घट्ने अनुमान गरिएको छ ।

दक्षिण कोरियाली तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो कुरा प्रष्ट भएको हो ।

तथ्याङ्क विभागले गरेको सन् २०१७ बाट २०६७ सम्मको अनुमान अनुसार काम गर्ने उमेर समूह अर्थात् १५ देखि ६४ वर्षका व्यक्तिहरु सन् २०१७ मा ३ करोड ७५ लाख ७० हजार पुगेको थियो ।

सो सङ्ख्या सन् २०६७ सम्मकै सबैभन्दा बढी हुने देखिन्छ । त्यसपछि सो सङ्ख्या घट्न शुरु हुने भएको बताइएको छ । सन् २०१७ मा उक्त उमेर समूहका नागरिकको संख्या सबैभन्दा बढी पुगी त्यसबाट घट्दै जाने देखिएको सो तथ्यांक विभागले जनाएको छ ।

सन् २०२० बाट वार्षिक रुपमा औषत ३ लाख ३० हजार काम गर्ने जनसङ्ख्या घटदै जाने बताइएको छ । सन् १९५५ बाट १९६३ सम्म जन्मेकाहरु बृद्ध उमेरमा प्रवेश गर्ने भएकोले काम गर्नेहरुको संख्या घट्दै जाने तथ्याङ्क विभागले बताएको छ ।

सो विभागकाअनुसार काम गर्ने उमेर समूहको जनसंख्या सन् २०१७ मा ७३ प्रतिशत थियो भने यो संख्या घटेर सन् २०५६ मा पुग्दा ४९.९ प्रतिशत पुग्ने बताइएको छ ।

यसैगरी सो जनसंख्या सन् २०६७ मा पुग्दा ४५.४ प्रतिशत पुग्ने छ । यसरी सन् २०६७ मा यो जनसंख्या दक्षिण कोरियाको इतिहासमा नै सबैभन्दा कम हुन जाने कुरा उक्त समाचारमा जनाइएको छ ।

वि.सं.२०७५ चैत १४ बिहीवार १७:४३ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...