back
CTIZAN AD

मिथुनको उपचारका लागि बहराइनमा रहेकी अमृताले उठाइन् आर्थिक सहयोग

वि.सं.२०७५ चैत १५ शुक्रवार

666 

shares

१५ चैत, काठमाडौं । नशाको समस्याले थलिएका दमकका मिथुन हाङ्गमका लिम्बूको उपचारका लागि विभिन्न देशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

बहराइनमा कार्यरतअमृता नाल्बो लिम्बुको पहलमा संकलन गरिएको ७० हजार रुपैयाँ सांसद प्रताप प्रकाश सिंह हाङ्गाम र मकवान सिङ हाङ्गामको रहोबरमा राहुल नाल्बोले चैत १२ मा विरामीलाई हस्तान्तरण गरेका थिए ।


नोवेल हस्पिटल बिराटनगरमा उपचार गराइरहेका लिम्बूको उपचारका लागि सहयोग गर्ने मनकारी मनहरुमा युकेबाट रनमति सामेखामलेले १०, मलेसियाबाट मकरजङ नाल्बोले १०, हंङकङबाट टंक नाल्बोले ७, क्यानाडाबाट नबिन नाल्बोले ५, युकेबाट सगुन लिम्बूले ८, बेल्जियमबाट ज्ञानु काम्बाङले ५, मलेसियाबाट अजय शेर्पाले ५, कताबाट मेघराज नाल्बोले ५, मलेसियाबाट डि ऐन शेर्पाले ५, कोरियाबाट भुपेन अवजङ लिम्बूले ५, र इराकबाट राजकुमार शेर्पाले ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

त्यस्तै अमृताकै पहलमा यसभन्दा अघि उठाइएको १८,८८६ रुपैयाँ पनि विरामीलाई हस्तान्तरण गरिएको थियो ।

उक्त रकम सहयोग गर्ने मनकारी मनहरुमा हङकङबाट सुकु नाल्बोले ५ हजार, कोरिबाट जसहाङ लिम्बूले ६ हजार, नेपाल (पथरी) बाट अशोक नाल्बोले ५, अम्बर बहादुर पालुङवा र श्रीमती धन कुमारी हेम्ब्या पालुङवा ताप्लेजुङ दोखु गा बि स वाड नं १ ,साबिक हाल वडा नं ७ बाट २,८८६ सहयोग गरेका थिए ।

उक्त रकम विरामीका अभिभावक बिष्णुमाया हाँगामको रहोवरमा राहुल नाल्बो तथा गोपाल नेयोङले हस्तान्तरण गरेका थिए ।

आफ्नो सानो सहयोग तथा पहलले गम्भीर रोगसँग संघर्ष गरिरहेका विरामीको जीवन बचाउन सकिन्छ कि भनेर आर्थिक संकलन अभियानमा लागेकी अमृताले सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यवाद दिदैं सहयोगी मनहरुको निरन्तर सहयोगको अपेक्षा राखेको पनि संसार न्यूजलाई बताएकी छन् ।
लिम्बूलाई सहयोग गर्नका लागि यस नम्बरमा ९८०६०६९६६२ सम्पर्क गर्न सकिने पनि अमृताले बताएकी छन् ।

स्मरण रहोस्, अमृता र अस्मिता नाल्बोेको पहलमै बहराइनका नेपालीबाट पनि १ लाख २० हजार रुपैयाँ संकलन गरेर बिरामीलाई हस्तान्तरण गरिएको थियो ।

विरामी लिम्बुलाई बहराइनबाट १ लाख बढी आर्थिक सहयोग

 

वि.सं.२०७५ चैत १५ शुक्रवार १२:४० मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...