back
CTIZAN AD

भारतले ल्यायो ट्रक ड्राइभरका लागि छुट्टै ‘कन्डम’

वि.सं.२०७३ कात्तिक २२ सोमवार

1.8K 

shares

dipper

भारतीय ट्रक ड्राइभरका लागि नयाँ ब्रान्डको कन्डम बजारमा ल्याईएको छ । डिप्पर नाम रहेको यस कन्डम विशेष गरेर लामो दूरीमा चल्ने ट्रक ड्राइभरहरुका लागि लक्षित गरेर ल्याइएको हो ।
कन्डमको नाम भारतीय ट्रकहरुमा पनि चेतावनी स्वरुप लेखिएको छ । त्यसमा भनिएको छ “रातको समयमा डिप्परको प्रयोग गर्नुहोस ।”
कन्डोम तयार गर्ने कम्पनीका अनुसार यस्तो सन्देशको आसय सुरक्षित यौन सम्बन्ध राख्नका लागि हो । भारतमा झण्डै ६० लाख बढी ट्रक ड्राइभर छन जसमा झण्डै तीनलाखमा एचआइभी पोजेटिभ पाइएको छ ।
यो कन्डम धेरै सस्तो रहेको निर्माण कम्पनीको दावी छ तीन कन्डम रहेको एक प्याकेटलाई जम्मा दुई रुपैयाँ आइसी पर्छ । कन्डम बजारमा ल्याइएको पहिलो दिन झण्डै ४५ हजार विक्रि भएको कम्पनीले दावी गरेको छ ।
यस्तो कन्डमका बारेमा एक ड्राइभरले भने “यो हरेक पेट्रोलपम्पमा राख्न जरुरी छ । हामीलाई थाहा हुँदैन की कतिखेर यसको जरुरी हुन्छ ।”
अर्का ड्राइभर भन्छन् – ट्रक ड्राइभरहरु सधै हतारमा हुन्छन् । प्रायले कन्डमको सहि तरिकाबाट प्रयोग पनि गर्दैनन् । उनीहरुलाई सधै खतरा हुन्छ । साथै परिवार पनि खतरामा पर्छन् ।”

dipper

डिप्पर कन्डमको प्रोजेक्ट टाटा मोर्टस र ट्रान्सपोर्ट कर्पोरेशन अफ इण्डियाको सहकार्यमा सुरु भएको हो । ट्रान्सपोर्ट कर्पोरेशन अफ इण्डियाका फाउन्डेशन प्रमुख डा.मुनिश चन्दरले भने “नेशनल हाइवेमा ट्रक चलाउनेहरुले चिकित्सकीय सुविधा नपाउने हुनाले उनीहरुलाई एचआइभी संक्रमित हुने संभावना धेरै रहन्छ । कीनकी उनीहरु महिला शेक्स वर्करको सम्पर्कमा रहेका हुन्छन् । यसकारण हामी देशभरी २५ मुख्य क्लिनिक स्थापना गर्न लागिरहेका छौं ।” श्रोतः विविसी हिन्दी

वि.सं.२०७३ कात्तिक २२ सोमवार १२:४६ मा प्रकाशित

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...