Logo
९ आश्विन २०८०, मंगलवार
     Tue Sep 26 2023
E-paper
  English Edition
   Unicode
Logo

भारतले ल्यायो ट्रक ड्राइभरका लागि छुट्टै ‘कन्डम’



dipper

भारतीय ट्रक ड्राइभरका लागि नयाँ ब्रान्डको कन्डम बजारमा ल्याईएको छ । डिप्पर नाम रहेको यस कन्डम विशेष गरेर लामो दूरीमा चल्ने ट्रक ड्राइभरहरुका लागि लक्षित गरेर ल्याइएको हो ।
कन्डमको नाम भारतीय ट्रकहरुमा पनि चेतावनी स्वरुप लेखिएको छ । त्यसमा भनिएको छ “रातको समयमा डिप्परको प्रयोग गर्नुहोस ।”
कन्डोम तयार गर्ने कम्पनीका अनुसार यस्तो सन्देशको आसय सुरक्षित यौन सम्बन्ध राख्नका लागि हो । भारतमा झण्डै ६० लाख बढी ट्रक ड्राइभर छन जसमा झण्डै तीनलाखमा एचआइभी पोजेटिभ पाइएको छ ।
यो कन्डम धेरै सस्तो रहेको निर्माण कम्पनीको दावी छ तीन कन्डम रहेको एक प्याकेटलाई जम्मा दुई रुपैयाँ आइसी पर्छ । कन्डम बजारमा ल्याइएको पहिलो दिन झण्डै ४५ हजार विक्रि भएको कम्पनीले दावी गरेको छ ।
यस्तो कन्डमका बारेमा एक ड्राइभरले भने “यो हरेक पेट्रोलपम्पमा राख्न जरुरी छ । हामीलाई थाहा हुँदैन की कतिखेर यसको जरुरी हुन्छ ।”
अर्का ड्राइभर भन्छन् – ट्रक ड्राइभरहरु सधै हतारमा हुन्छन् । प्रायले कन्डमको सहि तरिकाबाट प्रयोग पनि गर्दैनन् । उनीहरुलाई सधै खतरा हुन्छ । साथै परिवार पनि खतरामा पर्छन् ।”

dipper

डिप्पर कन्डमको प्रोजेक्ट टाटा मोर्टस र ट्रान्सपोर्ट कर्पोरेशन अफ इण्डियाको सहकार्यमा सुरु भएको हो । ट्रान्सपोर्ट कर्पोरेशन अफ इण्डियाका फाउन्डेशन प्रमुख डा.मुनिश चन्दरले भने “नेशनल हाइवेमा ट्रक चलाउनेहरुले चिकित्सकीय सुविधा नपाउने हुनाले उनीहरुलाई एचआइभी संक्रमित हुने संभावना धेरै रहन्छ । कीनकी उनीहरु महिला शेक्स वर्करको सम्पर्कमा रहेका हुन्छन् । यसकारण हामी देशभरी २५ मुख्य क्लिनिक स्थापना गर्न लागिरहेका छौं ।” श्रोतः विविसी हिन्दी


-->

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीद्धय डा.

बेइजिङ । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको

येरेभान । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन्

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक