back

भूकम्पका कारण विद्यालयहरु बन्द

वि.सं.२०७३ कात्तिक २२ सोमवार

828 

shares
GLOBAL IME AD
NTC AD

२२ कात्तिक, मानागुआ (निकारागुवा) । निकारागुवामा राष्ट्रपतीय पदको आइतबार सम्पन्न भएको निर्वाचनमा वर्तमान राष्ट्रपति डानियल ओर्टेगा अर्को अवधिका लागि पनि अग्रस्थानमा रहनु भएको छ ।
खसेका मतहरुमध्ये हालसम्म २१ प्रतिशतको गणना सकिई सकेकोमा ओर्टेगाको पार्टी ‘सान्डिनिस्टा नेसनल लिबरेसन फ्रन्ट (एफएसएलएन)’ ले ७१ प्रतिशत मत हासील गरी अग्रता लिएको निकारागुवाको निर्वाचन सर्वोच्च परिषदका प्रमुख आयुक्त रोबर्टो रिभासले एक पत्रकार सम्मेलनमा बताउनु भएको छ । सूचिमा नामाङ्कन गरिएका बैध मतदाताहरुमध्ये ६५ प्रतिशतले निर्वाचनमा भाग लिएका छन् ।
निर्वाचनपूर्व गरिएको जनमत सर्र्वेक्षण प्रषेपणअनुसार नै निर्वाचनको प्रारम्भिक परिणाम आएको र वर्तमान राष्ट्रपति ओर्टेगाको पार्टी ठूलो मतान्तरले विजयी हुने प्रष्ट लक्षण देखिइ सकेको एफएस एलएनले जानकारी दिएको छ ।
निकारागुवामा आइतबार राष्ट्रपति र राष्ट्रिय सभाका सांसदहरु चयनका लागि निर्वाचन सम्पन्न भएको थियो ।
आइतबार सम्पन्न निर्वाचनको सम्पूर्ण औपचारिक परिणाम स्थानीय समयानुसार सोमबार बिहान ११ बजेसम्म प्रकाशन भैसक्ने पनि प्रमुख आयुक्त रिभासले जानकारी दिनुभयो । एएफपी

वि.सं.२०७३ कात्तिक २२ सोमवार १२:१७ मा प्रकाशित

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले...

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क

  बेइजिङ । कथित डम्पिङमाथि गरिएको अनुसन्धानपछि चीनले सोमबार अमेरिका,...

भारतद्वारा बङ्गलादेशबाट स्थलमार्ग हुँदै आयात हुने सामानमा प्रतिबन्ध

भारतद्वारा बङ्गलादेशबाट स्थलमार्ग हुँदै आयात हुने सामानमा प्रतिबन्ध

नयाँदिल्ली । विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) द्वारा जारी एक निर्देशनपछि...

गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु

गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु

गाजा सिटी । इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक...

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर...

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले...