back
CTIZAN AD

ब्रेक्जिटका लागि चौथो प्रयासबारे नसोचेको प्रधानमन्त्री मेको भनाइ

वि.सं.२०७५ चैत १७ आइतवार

672 

shares

१७ चैत, लण्डन । बेलायतकी प्रधानमन्त्री टरिजा मेले ब्रेक्जिटबारे भएको सम्झौतालाई संसद्बाट अनुमोदनका लागि चौथो प्रयासबारे नसोचेको बताएकी छन्  ।

यूरोपेली सङ्घ (इयू) बाट हुने बेलायतको बहिर्गमन (ब्रेक्जिट) का लागि इयू नेतासँग भएको सहमतिलाई संसद्बाट अनुमोदन गराउन गरेको तेस्रो प्रयास पनि विफल भएपछि प्रधानमन्त्रीको उक्त धारणा आएको हो ।

यससँगै सम्झौताविहीन अवस्थामा बेलायत र इयू छुट्टिने सम्भावना बढेर गएको छ । शुक्रबार भएको मतदानमा मेले इयूसँग गरेको सम्झौतालाई पहिलेका दुई पटकजस्तै अस्वीकृत गरेका थिए । यद्यपि जनवरी र मार्चमा यस पहिले संसद्मा भएका मतदानमा केही सानो मतान्तरले ब्रेक्जिट सम्झौताका लागि आवश्यक बहुमत समर्थन जुट्न नसकेको हो ।

“हामीले जनमत सङ्ग्रहको मर्मअनुसार इयूसँग सम्झौता गर्नुपर्छ,” कन्जर्भेटिभ दलका अध्यक्ष ब्रान्डोन लेविसले बीबीसी रेडियोलाई शनिबार बताए । “सम्झौताबारे संसद्मा पहिलेभन्दा समर्थन बढेको छ तर पनि सम्झौतालाई अनुमोदनका लागि आवश्यक बहुमत नपुगेकै हो,” मेका प्रवक्ताले सञ्चारकर्मीलाई बताए ।

उनले भने “कमसेकम हामी सही दिशामा हिँडेका छौँ ।” प्रधानमनत्रीको दलका ‘ब्रेक्जिट पक्षधर’ केही सांसदले सम्झौताले ब्रसेल्ससँगको सम्बन्धका लागि आवश्यक मार्ग प्रशस्त नगरेको भन्दै समर्थनमा मतदान गर्न अस्वीकार गरिरहेका छन् भने प्रतिपक्षी दल लगायतका बाँकी दलले इयू, नर्वे र स्वीट्जरल्याण्डसँगको निकट सम्बन्ध चाहेका कारण पटकपटकको मतदानमा मेको पहल विफल भएको हो ।

केहीले ब्रेक्जिटकै विरोध गरिरहेका छन् । कन्जर्भेटिभ दलका पूर्वमन्त्री तथा सांसद निकी मोर्गानले वर्तमान समस्यालाई समाधान गर्न संयुक्त राष्ट्रिय सरकार आवश्यक रहेको बताएकी छन् ।

“बेलायती इतिहासमा जबजब विशेष विषयमा निर्णय लिनुपर्छ राष्ट्रिय एकतासहितको संयुक्त सरकार अर्थात गठबन्धन सरकार बन्ने गरेको छ,” भने । बेलायतले शुक्रबार नै इयूबाट बाहिरिने पहिलेको सहमतिलाई प्रधानमन्त्री मेको आग्रहमा थप केही समय प्रदान गर्न इयू सहमत भएको थियो । तर तेस्रो प्रयास असफल भएपछि यसबारेमा मेले अगाडि के गर्ने भन्ने निर्णय लिन सहज छैन ।

यद्यपि इयू परिषद् प्रमुख डोनाल्ड टस्कले आगामी दिनमा कसरी अघि बढ्ने निर्णय लिन आगामी अप्रिल १० का लागि ब्रसेल्समा इयू नेताहरूको भेला बोलाएका छन् । इयूले अप्रिल १२ सम्ममा सम्झौताविना नै बाहिरिने वा नयाँ धारणासहित आउन केही महीना समयसीमा लम्बाउने भन्ने निर्णय लिनेछ ।

यद्यपि प्रधानमन्त्री मेले यूरोपेली संसद्मा आगामी मेमा हुने निर्वाचनमा आफ्ना मतदातालाई भाग लिन लगाउनु ‘असम्भव’ भएको बताएकी छन्। बेलायती सांसदहरूले विना सम्झौता बाहिरिने निर्णयले बेलायत निकटस्थ व्यावसायिक साझेदारलाई समस्यामा पार्ने भयका कारण सम्झौताहीन अवस्थामा बाहिरिने निर्णयलाई पटकपटक अस्वीकार गरिसकेका छन् ।

वि.सं.२०७५ चैत १७ आइतवार १०:१६ मा प्रकाशित

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...