back
CTIZAN AD

९ महिना बितिसक्दा पनि पीडितलाई न न्याय, न शान्ति

वि.सं.२०७५ चैत १८ सोमवार

879 

shares

१८ चैत, कन्चनपुर । भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ९ महिना बित्यो । अनुसन्धान टोलीले ६० जनाभन्दा बढीको डीएनए परीक्षण गरिसक्यो । यसबिचमा प्रहरीले धेरै पटक भनि पनि सक्यो-अपराधीको नजिकै पुग्यौँ । तर पीडितले न्याय नपाएको देख्दा लाग्छ, अनुसन्धान ज्यूँका त्यूँ छ ।शुन्यमा ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय कन्चनपुरको विशेष टोली अनुसन्धानमै छन् । निर्मलाको भेजाइनल स्वाबसँग डीएनए परीक्षण गरिएका व्यक्तिसँग मेल खाएको छैन ।

साउन १० गते बेपत्ता निर्मलाको शव ११ गते उल्टाखामनजिकै उखुबारीमा शव भेटिएको थियो । गृह मन्त्रालयले छानबिन समिति गठन गर्यो । समितिले मुख्य अभियुक्तको पहिचानबिनै प्रतिवेदन बुझायो । प्रहरी प्रधान कार्यालयले एआईजी धीरु बसन्यातको नेतृत्वमा अर्को छानबिन समिति पनि गठन गर्यो । यो समितिले मुख्य अभियुक्त पक्राउभन्दा पनि छानबिनमा खटिएका प्रहरीमाथि नै अनुसन्धानकेन्द्रीत गर्यो । सोमबारको अन्नपुर्ण पोस्ट दैनिकमा सुवास गोतामेले लेखेका छन् ।

वि.सं.२०७५ चैत १८ सोमवार ०८:०७ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...