
१८ चैत, काठमाडौ । कलिङ प्रवेश भिसा प्राप्त गरेर १० महिनादेखि रोकिएका करिब ७ हजार नेपाली कामदार मलेसिया जान पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आइतबार मलेसियाको गृह मन्त्रालयबाट गत जेठमा जारी कलिङ भिसा प्राप्त कामदारलाई श्रम स्वीकृति दिने निर्णय गरेको छ ।
वैैदेशिक रोजगार व्यवसायी संघले काठमाडौस्थित मलेसियाली दूतावासबाट कलिङ भिसा स्वीकृत गराउने जिम्मेवारी लिएपछि विभागले श्रम स्वीकृति दिएको हो । विभागले ताहचलस्थित वैदेशिक रोजगार कार्यालयलाई श्रम स्वीकृति दिन आइतबारै पत्र पठाएको छ । श्रम समझदारीको भावना र मर्मअनुसार व्यवसायी संघले काठमाडौस्थित मलेसियाली दूतावासबाट भिसा लगाउन समन्वय गर्ने लिखित जिम्मा लिएको हुँदा कलिङ भिसा पाएका कामदारलाई मात्रै स्वीकृति दिने बाटो खुला गरिदिएको छ ।सोमबारको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् ।
वि.सं.२०७५ चैत १८ सोमवार ०८:३१ मा प्रकाशित