back
CTIZAN AD

लेकबाट बीउ ल्याई आलुखेती शुरु : हेम्जाको पहिचान

वि.सं.२०७५ चैत १८ सोमवार

705 

shares

१८ चैत, पोखरा । झट्ट सुन्दा अनौठो लाग्छ, शुरु शुरुमा लेकबाट आलुको बीउ ल्याएर खेती गर्ने गरिएको हेम्जा यतिखेर आलु गाउँका रुपमा परिचित भएको छ ।

कास्की र आसपासका क्षेत्रमा हेम्जाको आलुको माग बढेसँगै यसले विस्तारै व्यावसायिक रुप लिँदै गएको स्थानीयवासी एवं प्रथम हेम्जा आलु महोत्सवका संयोजक धर्मराज बास्तोलाले बताए । लेतेको वर्षे सेतो आलु, घान्द्रुक र छोम्रोङबाट आउने रातो डल्ले आलुको बीउ ल्याएर शुरु यहाँको आलु खेती तीन दशक अघिसम्म फाट्टफुट्ट हुने गरेकामा यहाँका अधिकांश स्थानीयवासी यतिखेर आलुखेतीमा आकर्षित भएका छन नै देशका प्रमुख शहरमा हेम्जाको आलु भनी बिक्री हुने क्रम पनि उत्तिकै बढेको छ ।

स्थानीयवासीका अनुसार २०४५\४६ सालदेखि हेम्जामा केही मात्रामा आलुखेती विस्तार भई २०५४\५५ सालयता क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेले आफ्नो बाह्य अनुसन्धानस्थल स्थापना गरेपछि यो ठाउँ आलुखेतीका लागि प्रसिद्ध बन्दै गएको हो ।

बास्तोलाका अनुसार हेम्जामा आलुखेतीको बढ्दो विस्तारसँगै यसको विशिष्टिकृत पहिचानमा सहयोग पु¥याउने लक्ष्यका साथ विगत १० वर्ष यता लगातार आलु महोत्सव गर्दै आइएको हो । ‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुुपादुका क्लब हेम्जाको सक्रियतामा यस वर्ष पनि यही चैत २२ गतेदेखि वैशाख १ गतेसम्म दशौँ राष्ट्रिय हेम्जा आलु महोत्सव गर्न लागिएको उनले जानकारी दिए ।

“महोत्सवसँगै हेम्जाको आलु देशका प्रमुख शहरमा ब्राण्डिङजस्तै बनिसकेको छ”, उनले थपे, “पछिल्ला वर्षमा बजारमा अन्य स्थानको आलु पनि हेम्जाको आलु भनेर ग्राहकलाई झुक्याएर बिक्री गर्ने गरिएको पनि पाइएको छ ।” हेम्जालाई व्यावसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउँदै उत्पादक र उपभोक्ताबीचको प्रत्यक्ष सम्पर्क स्थापित गराउन पनि महोत्सव उपलब्धिपूर्ण बन्ने गरेको विष्णुपादुका क्लबका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

हेम्जास्थित बहुउद्देश्यीय किसान सहकारी संस्थाको आयोजनामा वुद्धिजीवी अगुवा, एवं कृषक सरोकारवाला निकायको सक्रियतामा आलु महोत्सव गर्ने निधो गरी सहकारीकै आयोजना एवं संयोजनमा २०६६ साल फागुनमा पहिलो पटक एक दिवसीय प्रथम आलु महोत्सव गरिएको थियो ।

त्यसपछि दोस्रो हेम्जा आलु महोत्सव साविक हेम्जा गाविसले गरेकोमा त्यस पछिका संस्करणलाई भने विष्णुपादुका क्लबले निरन्तरता दिँदै आएको छ । हेम्जामा आलु खेतीको विस्तार हुँदै जाँदा नार्कअन्तर्गत क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेले यस गाउँलाई औपचारिक रुपमा नै आलु गाउँका रुपमा परिचित गराएको हो ।

कृषि प्रसार निर्देशनालय, गण्डकी प्रदेशका निर्देशक श्यामप्रसाद रिजालका अनुसार हेम्जामा एमएस ४२, कुफ्रज्योति, खुमल लक्ष्मी, जनकदेव, खुमल सेतो र डेजीरे जातका आलु लगाउने गरिएको छ । पछिल्ला वर्षमा हेम्जामा आलु खेतीले व्यावसायिक रुप लिँदै गएको र वर्षेनी कृषक यसतर्फ आकर्षित बनेको उनले जानकारी दिए ।

क्लबका महासचिव वसन्तकुमार श्रेष्ठले हेम्जामा आलुको उत्पादकत्वप्रति हेक्टर १८ देखि २० टनसम्म हुने गरेको र लगभग ४०० देखि ४२५ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ बताए । उनका अनुसार हेम्जामा आलु उत्पादनबाट मात्रै वार्षिक रु २० देखि २१ करोडसम्मको कारोवार हुने गरेको छ ।

नेपालमा वार्षिक एक लाख ९५ हजार २६८ हेक्टर क्षेत्रफलमा आलुको उत्पादन २७ लाख ३० हजार २९४ मेट्रिक टन छ भने प्रतिहेक्टर उत्पादकत्व १२।४ मेट्रिक टन छ । राष्ट्रिय उत्पादकत्व समेतलाई हेर्दा पनि हेम्जामा आलुको उत्पादकत्व बढी रहेको महासचिव श्रेष्ठले बताए ।

१० औँ संस्करणको महोत्सवका अवसरमा आलुको ठूलो पहाड निर्माण, आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शनी, विभिन्न संस्कृतिक कार्यक्रमका साथै राष्ट्रिय, प्रदेश र स्थानीय कृषक पुरस्कार प्रदान गरिने भएको छ ।

तीनवटै तहमा पुरस्कृत व्यक्तित्व छनोट सम्बन्धित मन्त्रालय, विज्ञसमेतको सिफारिसका आधारमा गरिने जानकारी दिँदै श्रेष्ठले राष्ट्रिय, प्रदेश र स्थानीय कृषक पुरस्कार प्राप्त गर्नेलाई क्रमशः रु २५ हजार, १५ हजार र १० हजार नगदसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिने बताए ।

उक्त अवसरमा वैज्ञानिक एवं विशेषज्ञ सम्मानसमेत गरिने जनाइएको छ । आलु महोत्सवको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुने आयोजकले जनाएको छ ।

वि.सं.२०७५ चैत १८ सोमवार ०९:४३ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कृषि उपेक्षा र देखावटी विकासको वास्तविकता

कृषि उपेक्षा र देखावटी विकासको वास्तविकता

नेपालका अधिकांश गाउँमा करिब ६० प्रतिशत जनताको जीवन निर्वाह कृषि...

अनुसन्धान, प्रविधि र सहकार्यका लागि अन्तरराष्ट्रिय मौरी सम्मेलन

अनुसन्धान, प्रविधि र सहकार्यका लागि अन्तरराष्ट्रिय मौरी सम्मेलन

नारायणगढ (चितवन) । परागसेचन र खाद्य सुरक्षाबीचको अन्तरसम्बन्धबारे अन्तरराष्ट्रियस्तरमा बहस...

अब संघीय मातहतमा कृषि सेवा प्रवाह हुनुपर्छ

अब संघीय मातहतमा कृषि सेवा प्रवाह हुनुपर्छ

नेपालमा कृषि तथा पशुपालन क्षेत्र देशको अर्थतन्त्र र ग्रामीण जीवनको...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...