back
CTIZAN AD

प्रारम्भिक राहत र मेडिकल टिम बोकेर प्रभावित क्षेत्र पुग्यो एनआरएनए

वि.सं.२०७५ चैत १८ सोमवार

687 

shares

१८ चैत, काठमाडौं । देशमा परेको हरेक विपत्तिमा गैरआवासीय नेपाली संघले अग्रणी भूमिका निभाएको हुन्छ ।

चाहे त्यो महाभूकम्प, बाढी पहिरो, अग्नि पीडित या अन्य दैवि प्रकोप । तत्कालका राहतका कार्यक्रम लिएर बढी प्रभावित क्षेत्रमा पुगिहाल्छ गैआवासीय नेपाली संघ । राहत सहयोगका लागि विश्वका झण्डै ८० देशमा रहेका आफ्ना शाखाहरुलाई तत्कालै परिचालन गरेर आर्थिक, नैतिक वा भौतिक सहयोग बोकेर पुगिहाल्छ एनआरएनए ।

आइतबार बारा र पर्सामा वर्षासहित आएको हावा हुरीका कारण २७ को मृत्यु र ४ सय भन्दा बढी घाईते भएका थिए । उनीहरुको उद्धार र राहतका लागि १० लाखको प्रारम्भिक कोष बनाएर एनआरएनएका उच्च पदस्थ त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।

यसैबीच एनआरएनएका संस्थापक अध्यक्ष तथा संरक्षक डा. उपेन्द्र महतो आफ्नो मेडिकल टिम लिएर प्रभावित क्षेत्रमा पुगेर उपचारको काम थालिसकेका छन् भने एनआरएनएका बर्तमान उपाध्यक्ष कुमार पन्त, पूर्वउपाध्यक्ष रामेश्वर साह, पूर्वमहासचिव रतन कुमार झा, अनलराज भट्टराई, किरण नेपाल,सुजित महतलगायतको टोली प्रभावित क्षेत्रमा केही समयमा पुग्ने छन् ।
यसैविषयमा एनआरएनएका पूर्वउपाध्यक्ष रामेश्वर शाहले आफूहरुले खाद्य सामग्री र १५–२० जना स्वयंमसेवक लिएर जान लागेको बताएका छन् ।

‘ प्रभावित क्षेत्रमा अरु सबै सामग्री पुगे पनि खाद्य सामग्री कम भएको हाम्रा साथीहरुबाट थाहा पाएपछि चामल ५०० प्याकेट र त्यहि संख्यामा दाल, तेल र अन्य आवस्यक सामग्री लिएर जान लागेका छौं ।’ उक्त राहत प्रदेश २ को सरकारसँग समन्वय गरेर वितरण गरिने पनि साहले संसारन्युजलाई बताए ।

उनीहरुले त्यहाँको अवस्था अध्ययन गर्ने तथा तत्कालका १० लाखको राहत वितरण गरेर अन्य राहतका लागि सबै एनसीसीसँग छलफल गर्ने पनि एनआरएनएका केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाले संसारन्युजलाई जानकारी दिएका छन् ।

कोषाध्यक्ष थापाका अनुसार सबै एनसीसीलाई सहयोगका लागि आग्रह गरिएको छ । उक्त सहयोग केन्द्रीय कार्यालयको संयोजनमा पीडित परिवारलाई वितरण गरिने पनि थापाले जानकारी दिएका छन् ।

गैरआवासीय नेपाली संघ एनसीसी जर्मनीका अध्यक्ष विजय मोक्तानले पनि पीडित परिवारको सहयोगका लागि २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

एनआरएनए जर्मनीले हावाहुरीबाट पीडितलाई २ लाख रुपैयाँ सहयोग गर्ने

वि.सं.२०७५ चैत १८ सोमवार १५:२३ मा प्रकाशित

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...