back

मस्तिष्क पक्षघात सम्बन्धि जनचेतना मुलक गीत सार्वजनिक

वि.सं.२०७५ चैत १९ मंगलवार

801 

shares
GLOBAL IME AD
NTC AD

राजधानीमा मस्तिष्क पक्षघात सम्बन्धि जनचेतना मुलक गीत ‘नभन मेरो भाग्य’ को बिमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले एक कार्यक्रमको बिच गीतको बिमोचन गरेका हुन् ।

मस्तिष्क पक्षघात समाज कि अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा सुरु भएको कार्यक्रममा काठमाडौं महानगरपालिका का उप मेयर हरि प्रभा खड्गि श्रेष्ठ,अभिनेता सरोज खनाल लगायत अतिथिका का रूपमा उपस्थित थिए । कार्यक्रम संयोजन बुनु श्रेष्ठले गरेकी थिइन्।

कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रमन्त्री ज्ञवालीले मस्तिष्क पक्षघात कुनै पूर्व जन्मको पाप वा गल्ती नभै मानवलाई आइपर्ने आकस्मिक अनपेक्षित घटना भएको र यो समस्यालाई हामी सबै मिलेर समाधान गर्नु पर्ने उल्लेख गरे । उनले सरकारले मस्तिष्क पक्षघात पीडितका लागि सहयोग गर्न सदा तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरे । कार्यक्रममा अभिनेता सरोज खनालले सन्देशमुलक गीतमा अभिनय गर्न पाएकोमा खुशी व्यक्त गर्दै सस्थाको उन्नति तथा प्रगति को कामना गरे ।

काठमाडौं महानगरपालिकाका उप मेयर हरि प्रभा खड्गी श्रेष्ठले स्थानीय निकायको अधिकारले भ्याएसम्म मस्तिष्क पक्षघात पीडितलाई सहयोग गर्ने बताइन् । गायक शिव परियारले सस्था लाई नगद रू १०००१ सहयोग गरेका छन् । समाजसेवी नरेन्द्र बहादुर श्रेष्ठले नगद रु २१००० सहयोग गरेका थिए । सस्था का अध्यक्ष उर्मिला श्रेष्ठले सबैको सहयोगको अपेक्षा गर्दै सबै सङ्ग हातेमालो गर्दै मस्तिष्क पक्षघात पीडितको लागी सदा निस्वार्थ भावनाले काम गर्ने बताइन् ।

अहिलेका चर्चित गायक शिव परियार को स्वर तथा नरेश कुमार प्रधान को शब्द रहेको सार्वजनिक गीतमा रिदम कडेलको संगीत तथा एरेन्ज रहेको छ । गीतको रेकर्डिस्ट महेश्वरमान राज भण्डारी रहेका छन् भने गीतलाई साउन्ड मिल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा अभिनेता सरोज खनाल, सुर्य माला खनाल तथा बाल कलाकार श्रीवानी थापा र रुपेश लामाले अभिनय गरेका छन।

गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।बुद्ध थापाले छायांकन गरेको यस गीतलाई बिकाश धमलाले सम्पादन गरेका हुन् ।
गीतलाई साउन्ड मिलको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ ।

वि.सं.२०७५ चैत १९ मंगलवार ०९:२७ मा प्रकाशित

एकसाथ तीन चलचित्र प्रदर्शनमा

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ...

एकसाथ तीन चलचित्र प्रदर्शनमा

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ...

लोप हुँदै हुड्के नाच

लोप हुँदै हुड्के नाच

जुम्ला । जुम्लामा पछिल्लो समय हुड्के नाच लोप हुँदै गएको...

गीतकार शाहलाई ‘बिजुलीमाया वन : श्रेष्ठ’ पुरस्कार प्रदान

गीतकार शाहलाई ‘बिजुलीमाया वन : श्रेष्ठ’ पुरस्कार प्रदान

मनहरी । यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार...

यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण

यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण

काठमाडौँ । निर्देशक दीपेन्द्र लामाले यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’...

मेलिना राईले भोली अर्थात् शुक्रवार विवाह गर्दै

मेलिना राईले भोली अर्थात् शुक्रवार विवाह गर्दै

काठमाडौँ । चर्चित गायिका मेलिना राईले इलामका गुरुङ थरका युवकसँग...