back
CTIZAN AD

मस्तिष्क पक्षघात सम्बन्धि जनचेतना मुलक गीत सार्वजनिक

वि.सं.२०७५ चैत १९ मंगलवार

1.2K 

shares

राजधानीमा मस्तिष्क पक्षघात सम्बन्धि जनचेतना मुलक गीत ‘नभन मेरो भाग्य’ को बिमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले एक कार्यक्रमको बिच गीतको बिमोचन गरेका हुन् ।

मस्तिष्क पक्षघात समाज कि अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा सुरु भएको कार्यक्रममा काठमाडौं महानगरपालिका का उप मेयर हरि प्रभा खड्गि श्रेष्ठ,अभिनेता सरोज खनाल लगायत अतिथिका का रूपमा उपस्थित थिए । कार्यक्रम संयोजन बुनु श्रेष्ठले गरेकी थिइन्।

कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रमन्त्री ज्ञवालीले मस्तिष्क पक्षघात कुनै पूर्व जन्मको पाप वा गल्ती नभै मानवलाई आइपर्ने आकस्मिक अनपेक्षित घटना भएको र यो समस्यालाई हामी सबै मिलेर समाधान गर्नु पर्ने उल्लेख गरे । उनले सरकारले मस्तिष्क पक्षघात पीडितका लागि सहयोग गर्न सदा तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरे । कार्यक्रममा अभिनेता सरोज खनालले सन्देशमुलक गीतमा अभिनय गर्न पाएकोमा खुशी व्यक्त गर्दै सस्थाको उन्नति तथा प्रगति को कामना गरे ।

काठमाडौं महानगरपालिकाका उप मेयर हरि प्रभा खड्गी श्रेष्ठले स्थानीय निकायको अधिकारले भ्याएसम्म मस्तिष्क पक्षघात पीडितलाई सहयोग गर्ने बताइन् । गायक शिव परियारले सस्था लाई नगद रू १०००१ सहयोग गरेका छन् । समाजसेवी नरेन्द्र बहादुर श्रेष्ठले नगद रु २१००० सहयोग गरेका थिए । सस्था का अध्यक्ष उर्मिला श्रेष्ठले सबैको सहयोगको अपेक्षा गर्दै सबै सङ्ग हातेमालो गर्दै मस्तिष्क पक्षघात पीडितको लागी सदा निस्वार्थ भावनाले काम गर्ने बताइन् ।

अहिलेका चर्चित गायक शिव परियार को स्वर तथा नरेश कुमार प्रधान को शब्द रहेको सार्वजनिक गीतमा रिदम कडेलको संगीत तथा एरेन्ज रहेको छ । गीतको रेकर्डिस्ट महेश्वरमान राज भण्डारी रहेका छन् भने गीतलाई साउन्ड मिल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा अभिनेता सरोज खनाल, सुर्य माला खनाल तथा बाल कलाकार श्रीवानी थापा र रुपेश लामाले अभिनय गरेका छन।

गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।बुद्ध थापाले छायांकन गरेको यस गीतलाई बिकाश धमलाले सम्पादन गरेका हुन् ।
गीतलाई साउन्ड मिलको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ ।

वि.सं.२०७५ चैत १९ मंगलवार ०९:२७ मा प्रकाशित

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रमा नयाँ गीत ‘खाइयो कसम’ सार्वजनिक...

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

काठमाडौँ । चलचित्र पत्रकार सङ्घले चलचित्र र कला–संस्कृतिका गतिविधिलाई राष्ट्रियस्तरमा...