Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

मेगा बैंकले सुरु गर्यो अस्ट्रेलियाबाट ‘मेगा रेमिट’



१९ चैत, काठमाडौ । मेगा बैंक नेपाल लिमिटेडले अष्ट्रेलियाबाट पनि ‘मेगा रेमिट’ सुरु गरेको छ ।

अष्ट्रेलियाको अजीज फरेक्स एन्ड फाइनान्स कम्पनीसँगको साझेदारीमा मेगा बैंकले अष्ट्रेलियाबाट ‘मेगा रेमिट’ सुरु गरेको हो ।

यो सेवा प्रारम्भ भएपछि अष्ट्रेलियाबाट नेपालमा मेगा बैंक र देशभर छरिएका मेगा बैंकका २३ सयभन्दा बढी एजेन्टमार्फत तुरुन्तै रकम पठाउन र भुक्तानी लिन सकिनेछ । मेगा बैंकमै खाता भएका ग्राहकहरुका लागि रेमिट सेवा निशुल्क गरिएको बैंकले जनाएको छ ।

नेपालीहरुको बाहुल्यता रहेको अष्ट्रेलियामा यो सेवाले गैरआवसीय नेपाली र विद्यार्थीहरुलाई निकै सहजता मिल्नुका साथै कानुनी र आधिकारिक माध्यमबाट नेपालमा रकम पठाउने बाटो खुलेको बैंकले जनाएको छ ।

मेगा बैंकले ‘मेगा रेमिट’ सेवालाई संसारका विभिन्न देशहरुमा जोड्ने क्रममा अष्ट्रेलियाबाट पनि सेवा प्रारम्भ गरिएको बैंकले जनाएको छ ।


-->

काठमाडौं । दाङमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । आज

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल

काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि गरिएको मतदान सम्पन्न

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई थप पूँजी लगानी गरी