back
CTIZAN AD

वैदेशिक रोजगारीमा तपाई समस्यामा हुनुहुन्छ ? सम्पर्क गर्नुहोस् कल सेन्टरमा

वि.सं.२०७५ चैत १९ मंगलवार

618 

shares


१९ चैत्र । वैदेशिक रोजगारीसम्बन्धी केही गुनासा तथा सुझावहरु भए सोझै मन्त्रालयमा निःशुल्क रुपमै सम्पर्क गर्न सकिने भएको छ । मंगलबार रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल सेन्टर सुरु गरेको छ । श्रम तथा रोजगार मन्त्रालय मातहतका निकायको कामको बारेमा सेवा ग्राहिको गुनासो सुन्न र समाधान गर्न कल सेन्टर सञ्चालन गरिएको हो ।

श्रममन्त्री गोकर्ण बिष्टले कल सेन्टरको उद्घाटन गरेका छन् । श्रम मन्त्रालयभित्रै रहेको कल सेन्टरमा देशभित्रबाट ११४१ वा १६६००१५०००५ मा नेपाल टेलिकमका नम्बरबाट निःशुल्क सम्पर्क गर्न सकिन्छ भने एनसेलबाट हाल सशुल्क सम्पर्क गरेर समस्या, जिज्ञासा, गुनासा र सुझावहरु टिपाउन सकिने बताइएको छ । छिट्टै एनसेलका प्रयोगकर्ताहरुलाई पनि निःशुल्क हुने गरी व्यवस्था मिलाइने जनाइएको छ ।

विदेशबाट कल सेन्टरमा सम्पर्क गर्नका लागि इमेल, फेसबुक, म्यासेन्जर, भाइवर, इमो, ह्वाटसप जस्ता अनलाइन नेटवर्कमार्फत निःशुल्करुपमा कल सेन्टरको सम्पर्क नम्बर ९७७१५९७०००८ मा सम्पर्क गर्न सकिने छ ।

गुनासो र सुझाव राख्न तथा जानकारी लिन सहज बनाउने जानकारी दिँदै मन्त्री विष्टले कल सेन्टरमा टिपाइएका गुनासो तथा समस्याको चाँडो सम्बोधन खोजिने बताए । यसले मन्त्रालयमा आफ्ना कुराहरु प्रतिबिम्ब गर्न र सहयोग लिनको लागि मद्दत पुग्ने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

कल सेन्टरमा श्रम तथा रोजगार मन्त्रालय मातहतका निकायका काम कार्वाहीका साथै वैदेशिक रोजगारीको क्रममा ठगिएका, अलपत्र परेका, मृत्यु भएका, विदेशबाट घर फर्किन चाहनेहरु, विदेशमा मुद्दा खेपिरहेकाहरुले निःशुल्क कानुनी सहयोगको लागि समेत सम्पर्क गरेर सहयोगका लागि अनुरोध गर्न सकिनेछ ।

यस्तै वैदेशिक रोजगारीमा जाने अघिका सम्पूर्ण जानकारी तथा अभिमूखिकरण कार्यक्रम, सीप विकास तालिम, श्रम स्वीकृति लगायत  प्रक्रियाको बारेमा पनि जानकारी प्राप्त गर्न सकिने छ ।

कल सेन्टरमा सेवाग्राहीले टिपाएका गुनासा सम्बन्धित कार्यालयले सिधै हेर्न सक्ने व्यवस्था गरिएको छ भने गुनासो सम्बोधन भए नभएको विषयमा मन्त्री, सचिव लगायत सम्बद्ध पदाधिकारीबाट नियमित अनुगमन एवम् तारतोकता गर्न सक्ने व्यवस्था मिलाइएको छ । कल सेन्टरमा सम्पर्कका गर्नका लागि हाल हरेक दिन बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला रहने छ ।

वि.सं.२०७५ चैत १९ मंगलवार १४:३५ मा प्रकाशित

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...

रास्वपाकाे तर्लेफबाट काे-काे छन् संसदीय समिति सभापतिका उम्मेदवार ? 

रास्वपाकाे तर्लेफबाट काे-काे छन् संसदीय समिति सभापतिका उम्मेदवार ? 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार...

रास्वपाले लेखा समितिको सभापति कांग्रेसलाई दिने

रास्वपाले लेखा समितिको सभापति कांग्रेसलाई दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समितिको सभापति कांग्रेसलाई दिने...