back

वैदेशिक रोजगारीमा तपाई समस्यामा हुनुहुन्छ ? सम्पर्क गर्नुहोस् कल सेन्टरमा

वि.सं.२०७५ चैत १९ मंगलवार

36 

shares


१९ चैत्र । वैदेशिक रोजगारीसम्बन्धी केही गुनासा तथा सुझावहरु भए सोझै मन्त्रालयमा निःशुल्क रुपमै सम्पर्क गर्न सकिने भएको छ । मंगलबार रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल सेन्टर सुरु गरेको छ । श्रम तथा रोजगार मन्त्रालय मातहतका निकायको कामको बारेमा सेवा ग्राहिको गुनासो सुन्न र समाधान गर्न कल सेन्टर सञ्चालन गरिएको हो ।

श्रममन्त्री गोकर्ण बिष्टले कल सेन्टरको उद्घाटन गरेका छन् । श्रम मन्त्रालयभित्रै रहेको कल सेन्टरमा देशभित्रबाट ११४१ वा १६६००१५०००५ मा नेपाल टेलिकमका नम्बरबाट निःशुल्क सम्पर्क गर्न सकिन्छ भने एनसेलबाट हाल सशुल्क सम्पर्क गरेर समस्या, जिज्ञासा, गुनासा र सुझावहरु टिपाउन सकिने बताइएको छ । छिट्टै एनसेलका प्रयोगकर्ताहरुलाई पनि निःशुल्क हुने गरी व्यवस्था मिलाइने जनाइएको छ ।

विदेशबाट कल सेन्टरमा सम्पर्क गर्नका लागि इमेल, फेसबुक, म्यासेन्जर, भाइवर, इमो, ह्वाटसप जस्ता अनलाइन नेटवर्कमार्फत निःशुल्करुपमा कल सेन्टरको सम्पर्क नम्बर ९७७१५९७०००८ मा सम्पर्क गर्न सकिने छ ।

गुनासो र सुझाव राख्न तथा जानकारी लिन सहज बनाउने जानकारी दिँदै मन्त्री विष्टले कल सेन्टरमा टिपाइएका गुनासो तथा समस्याको चाँडो सम्बोधन खोजिने बताए । यसले मन्त्रालयमा आफ्ना कुराहरु प्रतिबिम्ब गर्न र सहयोग लिनको लागि मद्दत पुग्ने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

कल सेन्टरमा श्रम तथा रोजगार मन्त्रालय मातहतका निकायका काम कार्वाहीका साथै वैदेशिक रोजगारीको क्रममा ठगिएका, अलपत्र परेका, मृत्यु भएका, विदेशबाट घर फर्किन चाहनेहरु, विदेशमा मुद्दा खेपिरहेकाहरुले निःशुल्क कानुनी सहयोगको लागि समेत सम्पर्क गरेर सहयोगका लागि अनुरोध गर्न सकिनेछ ।

यस्तै वैदेशिक रोजगारीमा जाने अघिका सम्पूर्ण जानकारी तथा अभिमूखिकरण कार्यक्रम, सीप विकास तालिम, श्रम स्वीकृति लगायत  प्रक्रियाको बारेमा पनि जानकारी प्राप्त गर्न सकिने छ ।

कल सेन्टरमा सेवाग्राहीले टिपाएका गुनासा सम्बन्धित कार्यालयले सिधै हेर्न सक्ने व्यवस्था गरिएको छ भने गुनासो सम्बोधन भए नभएको विषयमा मन्त्री, सचिव लगायत सम्बद्ध पदाधिकारीबाट नियमित अनुगमन एवम् तारतोकता गर्न सक्ने व्यवस्था मिलाइएको छ । कल सेन्टरमा सम्पर्कका गर्नका लागि हाल हरेक दिन बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला रहने छ ।

वि.सं.२०७५ चैत १९ मंगलवार १४:३५ मा प्रकाशित

सर्वोच्च अदालतका लागि सिफारिस तीन न्यायाधीशविरुद्ध दश उजुरी

सर्वोच्च अदालतका लागि सिफारिस तीन न्यायाधीशविरुद्ध दश उजुरी

काठमाडौैँ । सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा...

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई लगानीको गन्तव्य...

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति...

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

काठमाडौँ । ‘भिजिट भिसा’ मा नेपालीलाई रुसको सेनामा भर्ना हुन...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

काठमाडौँ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका...

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री...