back

रोजगारीको लोभमा ठगिए १७ युवा

वि.सं.२०७५ चैत २० बुधवार

33 

shares

२० चैत, काठमाडौ । काठमाडौको कलंकीमा रहेको हाम्रो हात नेपाल प्रालीले रोजगारीको नाममा रामेछापका १७ युवालाई ठगेको छ । संस्थाले युवाको क्षमता हेरेर मासिक २८ हजारदेखि ३० हजार रुपैयाँसम्मको जागिर दिने भन्दै १७ जना युवाबाट प्रतिव्यक्ति १० हजारका दरले पैसा उठाएर ठगी गरेको हो ।

कृषि, वन, इन्स्योरेन्स, बैंक, सन्चार, होटल, व्यापारजस्ता क्षेत्रमा तालिम र रोजगारी दिने भन्दै संस्थाले आफुजस्ता १७ युवाबाट १० हजार रुपैयाँका दरले असुलेको ठगीमा परेका युवा खिलबहादुर थापाले बताए ।

तपाईहरुले रोजेको विषयमा १५ दिनको तालिम र रोजगारी दिन्छौ, नभए रुपैयाँ फिर्ता गरौला भनेका थिए, थापाले भने, रुपैया असुलेर रोजगारी नदिई अलपत्र पारे । पैसा लिए पनि संस्थाले आफुले चाहेजस्तो तालिम र रोजगारी नदिएको उनको गुनासो छ ।

शर्तअनुसार रोजगारीको मगा गरेपछि केहीलाई चितवनको एक कृषिमा फर्ममा पुर्याएर संस्थाका पदाधिकारी फरार भएका थापाको भनाइ छ । बुधबारको नयाँ पत्रिकामा दीपक भट्टले लेखेका छन् ।

वि.सं.२०७५ चैत २० बुधवार ०७:१३ मा प्रकाशित

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित...

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

गण्डकी । फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार...

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन्...

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय...

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण...

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे÷नगरेका विषयमा २४...