back
CTIZAN AD

आगलागी हुँदा करिब १ करोडको धनमाल जलेर नष्ट 

वि.सं.२०७५ चैत २० बुधवार

666 

shares
file -photo

२० चैत, काठमाडौं । रुपन्देही, उदयपुर र ओखलढुङगाका विभिन्न स्थानमा भएका आगलागीबाट करिब १ करोड ११ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

काठमाडौं, चन्द्रागिरी नगरपालिका-४ स्थित धादिङ काफलचौर-९ बस्ने ६० वर्षीय माईला तामाङको खाजा घरमा ग्याँस चुलोमा आगो बाल्ने क्रममा बुधबार बिहान आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

रुपन्देही, मायादेवी गाउँपालिका–४ रम्वापुरस्थित रिलायन्स पेपर फ्याक्ट्रीको कम्पाउण्डभित्र रहेको गोदाममा बिद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा करिब १ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

उदयपुर, त्रियुगा नगरपालिका-९ बस्ने यामबहादुर खत्रीको घरभित्र बालेको दियोबाट आगो सल्कन गई मंगलबार साँझ आगलागी हुँदा घर, घरभित्र रहेको लत्ताकपडा, भाडाबर्तन लगायतका सामान जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

ओखलढुङगा, सिद्धिचरण नगरपालिका-१ तलुवा भोर्ले बस्ने शिवमाया पुलामी मगरको फुसको छानो भएको घर र मतान घरमा मंगलबार दिउसो आगलागी भई आगो फैलिएर सोही स्थान बस्ने भिमबहादुर आले मगरको फुसको छानो भएको घरमा समेत आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा स्थानीय प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिएको छ ।

वि.सं.२०७५ चैत २० बुधवार १४:०३ मा प्रकाशित

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...