back

आगलागी हुँदा करिब १ करोडको धनमाल जलेर नष्ट 

वि.सं.२०७५ चैत २० बुधवार

360 

shares
GLOBAL IME AD
NTC AD
file -photo

२० चैत, काठमाडौं । रुपन्देही, उदयपुर र ओखलढुङगाका विभिन्न स्थानमा भएका आगलागीबाट करिब १ करोड ११ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

काठमाडौं, चन्द्रागिरी नगरपालिका-४ स्थित धादिङ काफलचौर-९ बस्ने ६० वर्षीय माईला तामाङको खाजा घरमा ग्याँस चुलोमा आगो बाल्ने क्रममा बुधबार बिहान आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

रुपन्देही, मायादेवी गाउँपालिका–४ रम्वापुरस्थित रिलायन्स पेपर फ्याक्ट्रीको कम्पाउण्डभित्र रहेको गोदाममा बिद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा करिब १ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

उदयपुर, त्रियुगा नगरपालिका-९ बस्ने यामबहादुर खत्रीको घरभित्र बालेको दियोबाट आगो सल्कन गई मंगलबार साँझ आगलागी हुँदा घर, घरभित्र रहेको लत्ताकपडा, भाडाबर्तन लगायतका सामान जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

ओखलढुङगा, सिद्धिचरण नगरपालिका-१ तलुवा भोर्ले बस्ने शिवमाया पुलामी मगरको फुसको छानो भएको घर र मतान घरमा मंगलबार दिउसो आगलागी भई आगो फैलिएर सोही स्थान बस्ने भिमबहादुर आले मगरको फुसको छानो भएको घरमा समेत आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा स्थानीय प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिएको छ ।

वि.सं.२०७५ चैत २० बुधवार १४:०३ मा प्रकाशित

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा आज साँझ...

ग्यास उद्योगीको आन्दोलन स्थगन

ग्यास उद्योगीको आन्दोलन स्थगन

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर...

गृहमन्त्रीलाई कारबाहीको माग गर्दै जनकपुरमा प्रदर्शन

गृहमन्त्रीलाई कारबाहीको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकमाथि छानबिन र कारबाहीको माग राखी...

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको...

छोरीलाई शिक्षा दिएर बालविवाह रोकथान गर्न सकिन्छ : मुख्यमन्त्री सिंह

छोरीलाई शिक्षा दिएर बालविवाह रोकथान गर्न सकिन्छ : मुख्यमन्त्री सिंह

जनकपुर । मधेस प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरिबीको रेखामुनि रहेका...

अवसरको उपयोग गर्न उपप्रधानमन्त्री सिंहको जोड

अवसरको उपयोग गर्न उपप्रधानमन्त्री सिंहको जोड

पाटन (ललितपुर) । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शैक्षिक...