back
CTIZAN AD

निगमको लापरबाहीः एक सय ७० यात्रु ८ घण्टा विमानभित्रै, निगमविरुद्ध नारावाजी

वि.सं.२०७५ चैत २१ बिहीवार

549 

shares

२१ चैत, काठमाडौ । २ सय ७४ यात्रु बोकेर मंगलबार राति दुबई उड्नुपर्ने नेपाल वायुसेवा विमान व्यवस्थापकीय लापरबाहीका कारण ११ घण्टापछि बुधबार बिहानै मात्रै उड्यो ।

जहाज बेलैमा नउडाएको आक्रोशमा १ सय ५० भन्दा बढी यात्रु ८ घण्टासम्म पार्किङवेमा राखिएको विमानभित्रै बस्न बाध्य भए । जहाज नउड्ने भइपछि यात्रुलाई निकाल्न निगमका कर्मचारीलाई हम्मेहम्मे परेको थियो ।

विमानस्थल प्रहरीका अनुसार यात्रुले निगमविरुद्ध नाराबाजी गरेका थिए । केहीले जहाजमा राखेको मिल खाना आफै निकालेर खाए । केहीले बियरका बोतल खोलेर बसेको पनि देखियो, विमानस्थलका एक वरिष्ठ प्रहरीले भने । एक प्रहरीले ती यात्रुलाई बल प्रयोग नगरी सम्झाइबुझाइ गरेर निकालेको बताए । उक्त उडानमा अधिकांश नेपाली कामदार थिए ।

मंगलबार राति साढे ८ बजेदेखि बोर्डिङ गराइएका यात्रुलाई बुधबार बिहान ५ बजे विमानस्थलमा रहेको प्रहरीको सहायतामा अफ बोर्ड गराइएको थियो । बिहीबारको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् ।

वि.सं.२०७५ चैत २१ बिहीवार ०८:२७ मा प्रकाशित

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...