back

निगमको लापरबाहीः एक सय ७० यात्रु ८ घण्टा विमानभित्रै, निगमविरुद्ध नारावाजी

वि.सं.२०७५ चैत २१ बिहीवार

33 

shares

२१ चैत, काठमाडौ । २ सय ७४ यात्रु बोकेर मंगलबार राति दुबई उड्नुपर्ने नेपाल वायुसेवा विमान व्यवस्थापकीय लापरबाहीका कारण ११ घण्टापछि बुधबार बिहानै मात्रै उड्यो ।

जहाज बेलैमा नउडाएको आक्रोशमा १ सय ५० भन्दा बढी यात्रु ८ घण्टासम्म पार्किङवेमा राखिएको विमानभित्रै बस्न बाध्य भए । जहाज नउड्ने भइपछि यात्रुलाई निकाल्न निगमका कर्मचारीलाई हम्मेहम्मे परेको थियो ।

विमानस्थल प्रहरीका अनुसार यात्रुले निगमविरुद्ध नाराबाजी गरेका थिए । केहीले जहाजमा राखेको मिल खाना आफै निकालेर खाए । केहीले बियरका बोतल खोलेर बसेको पनि देखियो, विमानस्थलका एक वरिष्ठ प्रहरीले भने । एक प्रहरीले ती यात्रुलाई बल प्रयोग नगरी सम्झाइबुझाइ गरेर निकालेको बताए । उक्त उडानमा अधिकांश नेपाली कामदार थिए ।

मंगलबार राति साढे ८ बजेदेखि बोर्डिङ गराइएका यात्रुलाई बुधबार बिहान ५ बजे विमानस्थलमा रहेको प्रहरीको सहायतामा अफ बोर्ड गराइएको थियो । बिहीबारको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् ।

वि.सं.२०७५ चैत २१ बिहीवार ०८:२७ मा प्रकाशित

लगानी सम्मेलन तयारी सम्बन्धमा विकास साझेदारसँग छलफल

लगानी सम्मेलन तयारी सम्बन्धमा विकास साझेदारसँग छलफल

काठमाडौँ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना...

सेयर कारोबार बढेपनि नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

सेयर कारोबार बढेपनि नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख राना

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख राना

पाटन । उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन...

विचौलिया विना देवघाटका सुन्तला  काठमाडौं  ल्याउने महानगरको भनाई

विचौलिया विना देवघाटका सुन्तला काठमाडौं ल्याउने महानगरको भनाई

मिला दरै, डुम्रे (तनहुँ) । तनहुँको देवघाट गाउँपालिका–१, २, ३...

कतार र बहराइनबाट फर्किएर दुई युवा सामूहिक माछापालनमा

कतार र बहराइनबाट फर्किएर दुई युवा सामूहिक माछापालनमा

गलेश्वर (म्याग्दी) । वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर...