
२१ चैत, बुटवल । सर्वोच्च अदालतले दुई वर्षअघि सामुदायिक विद्यालयको जग्गा भाडामा लगाउन नपाउने आदेश जारी गरेको थियो । असारमा आएको पूर्ण फैसलामा भनिएको छ । विद्यालयको हाता खुला र फराकिलो रहँदा पर्याप्त खेल मैदान र बाल बगैँचा कायम रहँदा आदर्श शैक्षिक वातावरण निर्माणमा मदत पुग्छ ।
रुपन्देहीका केही सामुदायीक विद्यालयले आर्थिकस्रोत बढाउन भन्दै विद्यालयका जग्गामा व्यवासायिक भवन बनाएर भाडामा लगाउन थालेका छन् । सर्वोच्चको आदेशपछि पनि धेरै विद्यालयले भवन निर्माण रोकेका छैनन । विद्यालय ढाक्ने गरी बनाइएका भवनले शैक्षिक गुणस्तरमा प्रत्यक्ष प्रभाव पारेको छ ।
विद्यालय खुला स्थानमा हुनुपर्ने मान्यता छ । यहाँका ठुला र नमुना मानिने कालिका मानव ज्ञान, कान्ति, नवीन औद्योगीक, उजिरसिंह मावि नै व्यवसायीक भवनको बीचमा खुम्चिएका छन् । बिहीबारको अन्नपुर्ण पोस्टमा सुदीप भण्डारीले लेखेका छन् ।
वि.सं.२०७५ चैत २१ बिहीवार ०८:४३ मा प्रकाशित