back
CTIZAN AD

मुहान सुक्न थालेपछि खानेपानीको हाहाकार

वि.सं.२०७५ चैत २१ बिहीवार

684 

shares

२१ चैत, बर्दिवास ।  महोत्तरी जिल्लाको उत्तरीक्षेत्रमा धमाधम पानीका मुहान सुक्न थालेपछि खानेपानीको सङ्कट बढेको छ । नदी, पानीखोल्सा, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोतका मुहान सुक्दै गएपछि जिल्लाका बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा मध्यचैतदेखि खानेपानीको सङ्कट बढेको हो ।

चुरे पहाडी शृङ्खलाका खोल्सीबाट पाइप ओछ्याएर ल्याइएको धाराबाट पानी झर्न छाडेपछि बर्दिवास-५ गणन्ता बस्तीमा खानेपानीको सङ्कट बढेको छ । जम्मा २२० घरपरिवारको बसोबास भएको सो बस्तीमा अहिले साइकलमा गाग्री झुण्ड्याएर टाढाबाट खानेपानी ल्याएर गर्जो टार्नुपरेको त्यहीँकै बासिन्दा वडा सदस्य रमेश कार्कीले बताए ।

त्यसैगरी खानेपानीको स्रोत इनार मात्र भएका बर्दिवास नगरपालिका–८ को हाथीलेटमा पर्ने बिजयबस्तीमा पनि इनारको पानी सुक्दै गएपछि त्यहाँका बासिन्दा समस्यामा परेका छन् । यसबाहेक हाथीलेट बस्तीमा पनि खानेपानीका धारामा पानी निकै कम झर्न थालेको त्यहाँका बासिन्दा होमबहादुर श्रेष्ठ बताउछन् । बर्दिवासकै किसाननगर, बिजलपुरा, मनहरिपुर, प्रेमनगर र पशुपतिनगर सहितका बस्तीमा धमाधम चैतमध्यमै इनार सुक्न थालेपछि वैशाख, जेठमा के हालत हुने हो भन्दै त्यहाँका बासिन्दामा चिन्ता बढेको छ ।

यस्तै गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनिँया र रामनगर एवं भङ्गाहा नगरपालिकाका प्रेमनगर र रामनगरसहितका बस्तीमा धमाधम इनार र चापाकल सुक्न थालेपछि चैतको दोस्रो साताभित्रै खानेपानीको सङ्कट बढेको हो ।
यसपालि हिउँदे वर्षा नभएको, नदी क्षेत्रमा बालुढुङ्गा उत्खनन गर्नेहरुले ठूल्ठूला गहिरा खाल्डा बनाएका र चुरे क्षेत्रका जलाधार क्षेत्र धमाधम पुरिदै जाँदा इनार र चापाकलमा पानीको सतह गहिरिँदै गएर चैतमध्यमै खानेपानीको हाहाकार मच्चिन लागेको विज्ञहरु बताउँछन् ।

पछिल्ला केही वर्षयता रातु, बडहरी सहितका नदीबाट बालुवा, ढुङ्गा अनियन्त्रित तरिकाले खन्ने, चुरे पाहाडको दोहन र वन विनास बढेसँगै जलाधार क्षेत्र संरक्षण नगरिँदा खोपानीका मुहान चाँडै सुक्न थालेका र स्थानीय तहले भने वास्ता नगरेका सर्वसाधारणको गुनासो छ ।

वि.सं.२०७५ चैत २१ बिहीवार १२:३२ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...