back
CTIZAN AD

राष्ट्रपति भण्डारीद्वारा आठौँ खेलकूदको उद्घाटन गरिने

वि.सं.२०७५ चैत २१ बिहीवार

603 

shares

२१ चैत, काठमाडौ ।  आठौँ बृहत राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् ।

प्रदेश नम्बर ५ मा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने बृहत राष्ट्रिय खेलकूद प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा वैशाख ५ गते साँझ भव्य समारोहबीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् राखेपले जनाएको छ ।

उद्घाटन समारोहमा प्रदेशैपिच्चेका खेलाडीको मार्चपास, सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रस्तुत गरिनेछ । यस्तै प्रतियोगिताको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् ।

सोही रङ्गशालामा वैशाख ११ गते साँझ आयोजित कार्यक्रममा समापन गरिनेछ ।

यसअघि पूर्वाञ्चलमा आयोजना गरिएको सातौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए । सोही समापन समारोहमा नवौँ राष्ट्रिय खेलकूदको मिति र स्थानसमेत घोषणा हुने राखेपले जनाएको छ ।

प्रतियोगिताका खेल भने यही चैत २७ गतेदेखि शुरु हुनेछन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र गैरआवासीय नेपाली सङ्घ एनआरएन गरी ११ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडीले प्रतिष्पर्धा गर्ने छन् । प्रतियोगितामा ३७२ स्वर्ण, ३७२ रजत र ५६३ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

वि.सं.२०७५ चैत २१ बिहीवार १२:१८ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...