back
CTIZAN AD

प्रहरी निरीक्षक खुल्ला प्रतियोगिताको अन्तिम नतिजा प्रकाशित

वि.सं.२०७५ चैत २१ बिहीवार

612 

shares

२१ चैत, काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षक (जनपद) पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट असोज १५ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई अन्तरवार्ता लगायतका परीक्षामा सहभागी भएका उम्मेदवारहरुको अन्तिम नतिजा बिहीबार प्रकाशित गरिएको छ ।

त्यस्तै अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिका लगि सिफारिस भएका मुख्य उम्मेदवारहरुले आवश्यक कागजात सहित २०७६ बैशाख ५ गते बिहीबार प्रहरी प्रधान कार्यालय मावनश्रोत एवं प्रशासन विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालमा सम्पर्क राख्न समेत सूचित गरिएको छ ।

प्रहरी निरीक्षक पदको अन्तिम नतिजा तथा विस्तृत जानकारी नेपाल प्रहरीको वेभसाईट समेत राखिएको छ ।

यसैबीच नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न दरखास्त आव्हान गरिएकोमा फारम दर्ता अवधि थप गरिएको छ ।

उक्त पदहरुमा पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०७५ फागुन १३ गते प्रकाशित विज्ञानपनमा २०७५ चैत २२ गतेसम्म दरखास्त फारम वितरण र दर्ता अवधि तोकिएकोमा पुनस्दरखास्त फाराम वितरण तथा दर्ता कार्य २०७६ वैशाख ११ गतेसम्म थप गरिएको हो ।
नेपाल प्रहरीमा योग्य, सक्षम बढी भन्दा बढी उम्मेदवारहरुलाई छनौट प्रकृयामा सहभागी गराउनका लागि सो अवधि थप गरिएको प्रहरी प्रधान कार्यालय मावनश्रोत एवं प्रशासन विभाग, भर्ना तथा छनौट महाशाखाले जनाएको छ ।

https://nepalpolice.gov.np/images/vacancy_result/ins-final-result-2075-12-21.PDF

वि.सं.२०७५ चैत २१ बिहीवार १३:२३ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...