back
CTIZAN AD

नेपाल बारमा प्रगतिशिलको बर्चश्व

वि.सं.२०७५ चैत २१ बिहीवार

759 

shares

२१ चैत्र, काठमाडौँ । चैत्र १९ गते सम्पन्न नेपाल बार एशोसिएनको मतगणना सकिएको छ । जसअनुसार प्रगतिशिल समूहले अध्यक्ष सहित ६ वटा प्रदेश उपाध्यक्ष र महिलातर्फ खुल्ला उपाध्यक्षमा जित प्राप्त गरेको छ । अध्यक्षमा प्रगतिशिल समूहका चण्डेश्वर श्रेष्ठले लोकतान्त्रिक समूहका सुनिल कुमार पोखरेललाई झण्डै १ सय मत अन्तरले पराजित गर्दै निर्वाचित भएका छन् ।

त्यसैगरी उपाध्यक्ष पदमा प्रगतिशिल समूह ५ नम्बर प्रदेश बाहेकमा विजयी भएको छ । जसअनुसार प्रदेश नम्वर १ बाट मान बहादुर रुम्दालीराई, प्रदेश नम्वर २ बाट रामचन्द्र सिंह, प्रदेश नम्वर ३ बाट ईश्वरी प्रसाद भट्टराई, गण्डकी प्रदेशबाट सुरेन्द्र थापा मगर, कर्णाली प्रदेशबाट मिनबहादुर महत र सुदुरपश्चिमबाट उमेश प्रसाद बिष्ट विजयी भएका छन् भने खुलाक्षेत्र उपाध्यक्ष खुलाक्षेत्र महिला रक्षा वस्याल निर्वाचित भएका छन् । कोषाध्यक्षमा पनि प्रगतिशिल समूहकै रुद्रप्रसाद पोख्रेल विजयी भएका छन् ।

दलित सदस्यमा मोहन साशंकर र मधेसी मुश्लिम सदस्य उपत्यका बाहिरबाट पंचनारायण मण्डल, मधेशी/मुश्लीम खुल्ला सदस्यमा वीरेन्द्र कुमार ठाकुर, सदस्य आदिवासी/जनजाती उपत्यका बाहिरबाट विना कुमारी सिंह (चौंधरी), आदिवासी/जनजाती खुला सदस्यमा बद्री नारायण नगरकोटी, महिला सदस्य उपत्यका बाहिरबाट कल्पनाकुमारी भण्डारी, सदस्य महिला खुलामा अन्जु कायस्थ, सदस्य खुला उपत्यका बाहिरबाट डा शिवराज पण्डित सहित ६ सदस्यमा गंगा सागर खत्री, भिमसेन वन्जारा, भुवन प्रसाद निरौला, प्रकाश महर्जन, बालकृष्ण गैरे र खिमानन्द अधिकारी पनि प्रगतिशिल समूहबाटै निर्वाचित भएका हुन् ।

लोकतान्त्रिक समूहबाट महासचिव लिलामणी पौडेलसहित प्रदेश नम्वर ५ को सुनिल कुमार श्रेष्ठ उपाध्यक्ष हात पारेको छ ।

वि.सं.२०७५ चैत २१ बिहीवार २१:३४ मा प्रकाशित

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...