२२ चैत्र, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आह्वान गरेको छ ।
विभाग अन्तर्गतका विभिन्न कार्यालयमा रिक्त रहेको अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आह्वान गर्दै गोरखापत्र दैनिकमा सूचना जारी गरेको हो ।
रिक्त ५२ पदमा समावेशी सिद्धान्त अनुरुप खुल्ला प्रतियोगात्मक परीक्षाद्वारा पदपूर्ति गरिने जनाइएको छ । अनुसन्धान अधिकृतका लागि ३० जना माग गरिएको छ भने अनुसन्धान सहायकमा २२ जना माग गरिएको छ । कम्तीमा प्रमाणपत्र तह वा सो सरहको उपाधि प्राप्त गरेको व्यक्ति उक्त पदमा दरखास्त दिन सक्नेछन् ।
राष्ट्रिय अनुसन्धान विभाग वरफबाग, सिंहदरबार काठमाडौँ र सातै पद्रशेमा रहेका राष्ट्रिय अनुसन्धान कार्यालयमा दरखास्त दर्ता गर्न सकिने छ । दरखास्त बुझाउनु अघि विभागले तोकेका बैंकमा परीक्षा दस्तुर बुझाउनु पर्ने छ । दरखास्त बुझाउने अन्तिम मिति आजको एकमहिनाभित्र हुनेछ भने अन्तिम मितिबाट ७ दिन भित्र दोब्बर दस्तुर तिरी दरखास्त गर्न सकिने सूचनामा जनाइएको छ ।

वि.सं.२०७५ चैत २२ शुक्रवार ०८:३५ मा प्रकाशित




























