
२२ चैत, भक्तपुर । सुर्यविनायक नगरपालिका तर्खगालस्थित एक कृषि फार्ममा बर्डफ्लु लागेका २ हजार ९सय ८५ कुखुरा नष्ट गरिएको छ । दधिकोट तर्खगालमा सन्चालित उत्कृष्ट बहुउदेश्यीय कृषि फार्ममा पालिएको लेयर्स जातका कुखुरामा बर्डफ्लुको जीवाणु भेटिएपछि कुखुरासँगै २ हजार १ सय अण्डा र १ सय ५० केजी दाना नष्ट गरेको सुर्यविनायक नगरपालिका पशु सेवा शाखा अधिकृत पूर्णचन्द्र शर्माले बताए ।
धेरै संख्यामा कुखुरा मर्न थालेपछि कृषकले पशु सेवा विभागको ल्यापमा परीक्षण गराउँदा बर्डफ्लुको एचवानएनवानको जीवाणु भेटिएकाले बुधबार साँझ कुखुरा, अण्डा तथा दाना नष्ट गरेको उनले बताए । पशु सेवा विभागको समन्वयमा सूर्यविनायक नगर पशु विकास शाखाको प्रतिनिधित्वमा कुखुरा, अण्डा, दाना नष्ट गरी खाडल खनेर पुरिएको जनाएको छ । शुक्रबारको कान्तिपुर दैनिकबाट ।
वि.सं.२०७५ चैत २२ शुक्रवार ०८:३२ मा प्रकाशित