
२२ चैत, कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका-१० स्थित जङ्गलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । दुर्घटनामा परी एक घाइते भएका छन् ।
गए राति ना ८ ख १८४५ नंको ट्रकले लु ४१ प १७२७ नंको स्कुटरलाई ठक्कर दिँदा देवचुली नगरपालिका सिर्जनाचोक बस्ने २२ वर्षीय टीकाराम महतोको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका महतोको दुम्कौलीमा उपचार हुन नसकेपछि भरतपुर पठाइएकामा आज बिहान २ बजे मृत्यु भएको हो ।
दुर्घटनामा परी स्कुटरमा सवार सोही स्थान बस्ने २१ वर्षीय भरत गुरौ घाइते भएका छन् । उनकोे अवस्था चिन्ताजनक रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्ष अर्जुन रानाभाटले जानकारी दिए ।
वि.सं.२०७५ चैत २२ शुक्रवार ०९:४८ मा प्रकाशित






























