back
CTIZAN AD

डोजोको आयोजनामा प्रथम मेयर कप कराँते आजदेखि

वि.सं.२०७५ चैत २२ शुक्रवार

519 

shares

२२ चैत, काठमाडौ ।  नेपाल सिन क्योकुसिन कराँते सङ्घ, चाल्नाखेल डोजोको आयोजनामा प्रथम मेयर कप राष्ट्रिय सिन क्योकुसिन कराँते प्रतियोगिता आजदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषमा चार र महिलामा दुई गरी छ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख विनोद गुरुङले जानकारी दिए । दुईदिने प्रतियोगिताका खेलहरु चाल्नाखेलस्थित डोजोमै हुनेछ ।

सोही दौरान पाँचौँ उपत्यकाव्यापी सिन क्योकुसिन कराँते प्रतियोगिता पनि हुनेछ । पुरुषमा चार र महिलामा दुई गरी छ स्पर्धामा नै भीडन्त हुनेछ । दुवै प्रतियोगितामा गरी १६० खेलाडी सहभागी हुने प्रमुख गुरुङले जानकारी दिए । दुवै प्रतियोगिताका क्रममा रेफ्री सेमिनार र डान परीक्षा जापानका जेबी सुजुतोले सञ्चालन गर्ने गुरुङको भनाइ छ ।

वि.सं.२०७५ चैत २२ शुक्रवार १०:२० मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...